बिरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरु लाई कक्षा ६ देखि १२ सम्मका करिब १५ हजार छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको छ । बिरगंजको आदर्शनगरस्थित रंगशालामा आयोजित उक्त कार्यक्रमको उद्घाटन खानेपानी मन्त्री प्रदीप यादवले गर्नु भएको थियो । सो कार्यक्रम को
प्रशिक्षण सत्रमा भारतका प्रसिद्ध मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टिले छात्राहरुलाई आत्मरक्षाका विविध कला सिकाएका थिए । नेपाल भारत सहयोग मञ्चको समन्वयमा भएको यो तालिमले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा बिरगंज महानगरको नाम दर्ता गराउने लक्ष्य रहेको छ ।
मन्त्री यादवले तालिमको उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि सरकार ठोस कार्यक्रमहरूसहित अघि बढिरहेको उल्लेख गरे ।मन्त्री यादव मन्तव्य को क्रम मा भने तालिमले छात्राहरुलाई आत्मविश्वासी र सक्षम बनाउँदै महिला हिंसाका घटनाहरुको प्रतिकार गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो । साथै, भारतका ख्यातिप्राप्त प्रशिक्षकले निशुल्क प्रशिक्षण प्रदान गर्दा दुई देशबीचको सम्बन्ध थप बलियो हुने धारणा पनि मन्त्री यादवले राखे । त्यसै गरि बिरगंज महानगर पालिका का प्रमुख राजेशमान सिंहले यो तालिम बिरगंज का विद्यालयमा प्रत्येक हप्ता नियमित रुपमा सञ्चालन गरिने जानकारी गराए । उनका अनुसार १५ हजार एक सय छात्राहरुले तालिमका लागि नाम दर्ता गराएका थिए। सो विवरण सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाइसकिएको जानकारी समेत दिनु भयो ।
महानगर प्रमुख सिंहले महिलाहरुलाई रातको समयमा निर्धक्क हिँड्न सक्ने वातावरण निर्माणको प्रतिबद्धता व्यक्त गर्दै बिरगंज का छोरीले डर बिना हिँड्न सक्ने अवस्था सिर्जना गर्ने बताए । सो कार्यक्रममा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले छात्राहरुको हिम्मतलाई सह्राना गर्दै आत्मरक्षाको सीपले उनीहरुलाई आत्मविश्वासी बनाउने बताए । अब सामुदायिक तथा निजि बिधालयहरु मा हरेक शुक्रबार आत्मरक्षा तालिम सुरु गर्ने बताए यो तालिक ले हाम्रा छोरीहरु ले भये मुक्त हिडने छन बताए।
तालिमका मुख्य प्रशिक्षक मास्टर चिताले आत्मरक्षाको कला भगवानको पूजा जस्तै पवित्र भएको उल्लेख गर्दै यसले संकटको बेला सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, प्रदेश सांसद वीणा शर्मा, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल, भारतीय महावाणिज्य दूत देवी सहाय, र अन्य विशिष्ट व्यक्तिहरू वडा अध्यक्ष ज्युहरु विभिन्न संस्था का पदाधिकारीहर लगायत का हरु को उपस्थिति रहेको थियो।