• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशी जनताको हक र अधिकार प्राप्तिको संघर्ष जारी छ: जसपा अध्यक्ष उपेन्द्र यादव

  • वीरगंज संजाल
  • २७ कार्तिक २०८१, मंगलवार ११:०३
  • ७५७

    रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अझैसम्म आफ्ना हक, अधिकार र प्रतिनिधित्व प्राप्त गर्न नसकेको बताएका छन्। सोमबार गढीमाई नगरपालिकामा जसपा नेपाल रौतहटले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष यादवले राज्यका सबै क्षेत्रमा सम्मानजनक भागीदारी, प्रतिनिधित्व, अवसर, तथा मधेशी जनताको शासन र प्रशासनमा सहभागितासहितको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताए।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले राज्यले मधेश र मधेशी जनतालाई सधैं अपेक्षा गरेको कारण मधेशमा अपेक्षित विकास नभएको बताए। उनले मधेशमा देशको आधाभन्दा बढी जनसंख्या रहेकाे भए पनि जनसंख्याको आधारमा विकास बजेट नछुट्याइँदा मधेश पछाडि परेको र विकासको गति अवरुद्ध भएको धारणा व्यक्त गरे।

    “मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भए पनि शासक वर्गले विकासका लागि जम्मा १२ प्रतिशत मात्र बजेट छुट्याएको छ,” यादवले भने। “यसको परिणामस्वरूप मधेशको विकासमा ठूलो अवरोध भइरहेको छ।”

    यादवले राज्यले मधेशमा पर्याप्त लगानी नगरेको र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाउँदै भने, “मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म पूर्ण अधिकार पाउने स्थिति आउने छैन।” उनले मधेशी, जनजाति, आदिवासी, थारु, मुस्लिमजस्ता समुदायलाई भोटका लागि प्रयोग गरिने तर अधिकार नदिइने कुरा उल्लेख गरे।

    अध्यक्ष यादवले आगामी निर्वाचनमा मधेशी जनताको माग र मुद्दा विर्सने शासक वर्गलाई मत नदिन आग्रह गरे। “३५ वर्षदेखि सत्ता सञ्चालन गर्दै आएका कांग्रेस र कम्युनिष्टले देशलाई विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश चरम गरिबीमा फसेको छ,” उनले भने।

    कार्यक्रममा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका पूर्वराज्यमन्त्री शेख फूलबाबु, पूर्वप्रदेश सांसद रामकिशोर राय यादवलगायत नेताहरूले आ–आफ्ना मन्तव्य राखेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑