वीरगञ्ज । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपेको नेटवर्क प्रयोग गरी नेपालमा अन्तरदेशीय भुक्तानी गर्न सकिने सम्झौता भएको छ। यस सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, नेपाल पे क्यूआर र इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे नेटवर्कबाट भुक्तानी गर्न सकिने छ। यसले नेपालमा रहेका मर्चेन्टहरूलाई थप सुविधायुक्त बनाउँदै विदेशी पर्यटकलाई नेपाल पे क्यूआर मार्फत सहज भुक्तानी गर्ने अवसर उपलब्ध गराउनेछ।
सम्झौतामा उल्लेख भएअनुसार, चीन, हंङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन, र इटली जस्ता देशहरूबाट आएका पर्यटकले आफ्ना डोमेस्टिक वालेटमार्फत नेपालमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
यस कदमले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ विस्तार गर्ने र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
यस सहकार्यले विदेशी पर्यटकलाई नेपालमा रहेको नेपाल पे क्यूआर मार्फत आफ्नो घरेलु वालेटबाट सीधा भुक्तानी गर्न सजिलो बनाउँदै नेपालको डिजिटल भुक्तानी प्रणालीमा अन्तरदेशीय पहुँच थपिएको छ। यसले नेपालमा नगदरहित भुक्तानीलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एभरेष्ट बैंक र एनसीएचएलबीचको यो साझेदारीले नेपालको वित्तीय प्रणालीलाई आधुनिक बनाउँदै पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। नेपालका होटल, रेस्टुरेन्ट, पसल, र अन्य व्यवसायहरूमा अब विदेशी पर्यटकहरूले सजिलै आफ्नो मोबाइल वालेट प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
यस सम्झौताले नेपालको डिजिटल अर्थतन्त्रलाई अघि बढाउने र पर्यटन व्यवसायमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार, यस प्रकारको अन्तरदेशीय भुक्तानीले नेपालमा विदेशी पर्यटकहरूको सेवा प्रवाहमा सुधार ल्याउनेछ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले नेपालमा वित्तीय समावेशीकरण र डिजिटल भुक्तानीमा यसले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका छन्।