• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तुलसी विवाहसँगै हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदै

  • वीरगंज संजाल
  • २७ कार्तिक २०८१, मंगलवार १०:३३
  • ६६५

    वीरगञ्ज । आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ, जुन दिन भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरिन्छ । यो पर्व कार्तिक शुक्ल एकादशीका दिन विशेष पूजा र तुलसीको व्रत गरेर मनाइन्छ। धार्मिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्न गएका विष्णु यस दिन जागृत हुने मान्यता छ, त्यसैले यो दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

    तुलसीलाई विष्णु प्रिया मानिने भएकाले घरघरमा विशेष पूजा गरी सजाइएकी तुलसीको मठमा दामोदरसँग विवाह गरिन्छ। विशेष गरी घरमा बनाइएको तुलसीको मठमा गोबर र रातो माटोले पोतेर फूल मालाले सजाइन्छ। मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर पूजा गरिन्छ, किनकि कार्तिक महिनाभर देवता तुलसीमै निवास गर्छन् भन्ने मान्यता छ।

    तुलसीको वैज्ञानिक महत्त्व पनि छ। यसको पात र फूलको रसले रुघाखोकी, औलो, लामखुट्टेको टोकाइ, र अन्य रोगको उपचार गर्न सकिन्छ। तुलसीको मठ भएको ठाउँमा विषालु सर्प पनि नआउने र त्यस क्षेत्रको हावाले हानिकारक कीटाणु नष्ट गर्ने विश्वास छ। तुलसीबाट बनाइएको चिया रोग प्रतिरोधी क्षमता बढाउन मद्दतगार ठहरिएको छ, विशेष गरी कोरोना र डेङ्गु जस्ता रोगबाट बच्न यसको नियमित सेवन लाभदायक मानिन्छ।

    धार्मिक विश्वासअनुसार कार्तिक महिनामा तुलसीको माला लगाउँदा र तुलसीका पातहरू विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ। गरुड पुराणअनुसार कार्तिक महिनामा विष्णुलाई एउटा तुलसी पात अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने उल्लेख छ।

    आजको दिन विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने चलन छ। राति ‘गोविन्द उठ्नुस्’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जागृत गरिन्छ। किसानहरूले आज तुलसीको मठमा उखु गाड्ने प्रचलन छ, र फलाहारमा सखरखण्ड, पिँडालु, वन तरुल खान्छन्। यो व्रतले अश्वमेध र राजसूय यज्ञ बराबरको फल दिने धार्मिक मान्यता छ।

    धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक महिनामा भक्तिपूर्वक स्नान, दान, जप, र होम गर्नाले पाप नष्ट भई पुण्य प्राप्ति हुने भनिन्छ। काठमाडौँ उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले आजैको दिन भक्तजनहरूले यी मन्दिरमा दर्शन गर्ने परम्परा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑