वीरगञ्ज | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा स्थित पोखरीया अस्पताललाई चाँडै प्रादेशिक अस्पतालमा रूपान्तरण गर्ने घोषणा गरेका छन्।
सडक शिलन्यास कार्यक्रमको क्रममा मन्त्री गुप्ताले भने, “आउँदो मन्त्रीपरिषदको बैठकमा पोखरीया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरउन्नती गर्ने निर्णय गरिने छ।”
पोखरीया नगरपालिकाको विकासका लागि मन्त्री गुप्ताले आफू सधैं तत्पर रहेको उल्लेख गर्दै, पोखरीयामा विभिन्न सरकारी निकायका शाखा कार्यालयहरूको स्थापना पनि गर्न प्रयासरत रहेको बताए। उनले पोखरीया नगरपालिकाको सदरमुकामको रूपमा विकासका कार्यहरूलाई तीव्रता दिनका लागि स्थानीय जनप्रतिनिधि र दलका नेताहरूलाई एकजुट हुन आग्रह गरे।
मन्त्री गुप्ताले पोखरीयामा आउने विकास बजेटको सही प्रयोग र विकास कार्यहरूलाई छिटो अघि बढाउन सबैलाई सहकार्य गर्न आह्वान गरे। कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुर, र वडा अध्यक्षहरू लगायतका स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मन्त्री गुप्ताले पोखरीया नगरपालिकाको समग्र विकासका लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले पोखरीया क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउन प्रादेशिक अस्पतालको स्थापना अत्यन्तै महत्त्वपूर्ण कदम हुने बताए। यस कदमले क्षेत्रीय स्वास्थ्य सेवाको पहुँचलाई बलियो बनाउने र स्थानीय नागरिकलाई थप सेवा उपलब्ध गराउने उहाँको भनाइ थियो।
पोखरीया अस्पतालको प्रादेशिक अस्पतालमा रूपान्तरण हुँदा यहाँका नागरिकलाई थप विशेषज्ञ डाक्टर र अत्याधुनिक स्वास्थ्य सुविधाहरूको उपलब्धता हुने विश्वास गरिएको छ। मन्त्री गुप्ताले पोखरीयामा अन्य विकास कार्यहरूको तीव्रता बढाउनुपर्ने र यसका लागि सबै जनप्रतिनिधिहरूको सहयोग र सहकार्य महत्त्वपूर्ण रहेको जोड दिए।
कार्यक्रममा पोखरीya नगरपालिकाका प्रमुख प्रधुम्न चौहानले मन्त्री गुप्ताको पहललाई स्वागत गर्दै, पोखरीया क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधिहरू एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।