बिरगंजमा । बिरगंज महानगरपालिका, रामगढवा वडा नम्बर २४ स्थित श्री बिरगंज जीतपुर गौशालामा ११८ औं गोपाष्टमी वार्षिकोत्सव र गौशालाको साधारण सभा सम्पन्न भएको छ।
सो कार्यक्रममा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री माननीय अजय कुमार चौरसियाको प्रमुख आतिथ्य र बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका दूत देवी सहाय मिनाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको अध्यक्षता बिरेन्द्र कुमार संघईले गरेका थिए भने सचिव शिव कुमार गोयल, सह-सचिव संजय खण्डेलवाल, कोषाध्यक्ष प्रकाश खण्डेलवाल, प्रथम उपाध्यक्ष बाबुलाल चाचान, उपाध्यक्ष रमेश कुमार अग्रवाल, तृतीय उपाध्यक्ष सुनिल कुमार खेतान लगायत अन्य सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमको आरम्भमा स्वागत मन्तव्य अध्यक्ष बिरेन्द्र कुमार संघईले व्यक्त गरे। वार्षिक प्रतिवेदन महासचिव देवकी नन्दन अग्रवालले प्रस्तुत गरे भने आय-ब्ययको प्रतिवेदन कोषाध्यक्ष प्रभु दयाल अग्रवालले प्रस्तुत गरेका थिए। धन्यवाद ज्ञापन उपाध्यक्ष रमेश कुमार अग्रवालले गरे।
विशेष अतिथिका रूपमा पूर्व मेयर विजय कुमार सरावगी, काङ्ग्रेस नेता नरेन्द्र शाह, राप्रपा सांसद नेतृ बिना जैसवाल, पूर्व मन्त्री ओम प्रकाश शर्मा, सशस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल, सेवक संघ पर्सा अध्यक्ष मुर्लिधर रुगटा, वडा अध्यक्ष जय प्रकाश साह र पूर्व वडा अध्यक्ष रामनगिना प्रसाद साह लगायतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।