बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज द्वारा आयोजित २ दिने प्राथमिक उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यो शिविर बिरगंज स्थित घडीअर्वा पोखरी छठघाटमा आयोजना गरिएको हो, जुन नेपालमा प्रसिद्ध छ।
आज छठ पर्वको मुख्य चौथो दिन (अन्तिम दिन) र भोरिया घाटको अवसरमा, नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका स्वंयसेवकहरुले प्राथमिक उपचार सेवा प्रदान गरेका थिए। शिविरको उद्देश्य छठ घाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा र सहजता सुनिश्चित गर्नु थियो, विशेष गरी चोटपटक लागेको खण्डमा फस्ट एड उपचार उपलब्ध गराउने थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाका सभापति सन्तोष गुप्ता, रेडक्रस एक्शन टिम पर्साका नेता राजु साह, अमन पटेल, वरिष्ठ सदस्य गुडि कुमारी साह, एवं आजिवन सदस्य सन्तोष कुमार गुप्ता लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताका अनुसार, यो शिविर आज बिहान १० बजे सम्म सञ्चालनमा रहने जानकारी दिइएको थियो।