वीरगन्ज । बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित महावीर मन्दिर ईनरवामा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन रिबन काटी सम्पन्न भएको थियो। सो उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवको प्रमुख आतिथ्यमा एवम बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। बिरगंज महानगरपालिका र इनरवा महावीर मन्दिर संरक्षक समाजको सहकार्यमा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन माननीय मन्त्री प्रदिप यादवले रिबन काटी उद्घाटन गरेका थिए।
यस प्रतियोगिताले हाम्रो परम्परागत कुस्ती खेललाई प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनले विश्वास व्यक्त गरेका थिए भने कुस्ती हाम्रो संस्कृतिको एक महत्वपूर्ण अंश हो, जसले साहस, संयम, र अनुशासनको भावना जागृत गराउँछ ।
यस्तो प्रतियोगिताले आगामी पुस्तामा कुस्ती प्रतिको लगाव बढाउने र यसलाई अझ लोकप्रिय बनाउन मद्दत गर्नेछ भन्ने भनाई थियोे। सो कार्यक्रममा विभिन्न ठाउबाट कुस्ती प्रतियोगितामा भागलिन कुस्ती खेलाडीहरु आएका थिए भने स्थानीय जनसमुदायहरु कुस्ती प्रतियोगिताहेर्नलाई गाउँगाउँबाट ओर्लेका थिए। आम जनता स्वेम सेवक लगायतकाको उपस्थिति एवम् इनरवा वासी समाजसेविहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।