• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इलन मस्कको स्टारलिंक नेपालमा सेवा थाल्न उत्सुक, प्रधानमन्त्रीले हेरे डेमो

  • वीरगंज संजाल
  • २३ कार्तिक २०८१, शुक्रबार १९:०५
  • ११८९

    काठमाडौं। अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै उसले सहज रुपमा सेवा दिने वातावरण बनाउन पहल गरेको हो ।

    स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।

    स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्रोतका अनुसार उनीहरुले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुति दिएका हुन् ।

    नेपालस्थित अमेरिकी दूतावासका केही अधिकारीहरुले नै लामो समयदेखि स्टारलिंकलाई नेपाल भित्रिन दिन पहल गरिरहेका थिए । हालै स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधि खाले प्रत्याभूति दिलाउने प्रयास गरेको थियो । स्टारलिंकको प्रधानमन्त्रीसँगको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उच्च अधिकारीहरु पनि सामेल थियो ।

    स्रोतका अनुसार कम्पनीले इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा नभई ‘टे«डिङ’ कम्पनीका रुपमा नेपालमा आउने इच्छा व्यक्त गरेको छ । नेपालमा स्टारलिंकले छुट्टै विदेशी लगानी लिएर आउनुपर्ने अवस्था नरहेको र सम्बद्ध डिभाइस बिक्री गरेर सेवा दिन मात्रै अनुमति आवश्यक रहेको कम्पनीको भनाइ छ ।

    ‘इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दर्ता भएर आउनुभन्दा पनि स्टारलिंकको सेवाका लागि आवश्यक केही डिभाइस बिक्री गर्ने कम्पनीका रुपमा मात्रै स्टारलिंक आउन चाहेको देखिएको छ,’ स्रोतले भन्यो,‘उसको जोड आफूलाई इन्टरनेट सेवाप्रदायक भन्दा पनि ट्रेडिङ बिजनेस गर्ने कम्पाीका रुपमा व्यवहार गरिसोस् भन्ने हो ।’

    स्टारलिंकले सेवा दिनका लागि प्रयोगकर्तालाई एक प्रकारको ट्रान्सरिसिभर डिभाइस (डिस एन्टेना) बेच्छ । सोही डिभाइसलाई अहिले डीटीएच टिभीकोजस्तै खुला ठाउँमा स्याटेलाइटको आर्बिटल स्टलसँग कनेक्ट हुने गरी राखेपछि त्यसमार्फत नै इन्टरनेट सेवा लिन सकिन्छ । त्यसैले कम्पनीले त्यस्ता डिभाइस यहाँ बिक्री गर्न र त्यसमार्फत सेवा दिन पाउनुपर्ने माग गरेको छ ।

    तर, नेपालको दूरसञ्चारसम्बद्ध कानुनले भने इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पुरा गरेर लाइसेन्स लिएर सेवा शुल्क बुझाउनुपर्नेसहितका व्यवस्था गरेका छन् । हालको कानुनअनुसार स्टारलिंक नेपालमा २० प्रतिशत साझेदार राखेर विदेशी लगानीकर्ताका रुपमा नेपाल भित्रिन सक्छ । त्यस्तो कम्पनीले आवश्यक नेपाल दुरसञ्चार प्राधिकरणबाट तोकिएको शुल्क बुझाएर दूरसञ्चार सेवाको अनुमतिपत्र लिनुपर्छ र प्रक्रिया पूरा गरेर मात्रै सेवा दिनसक्छ ।

    स्टारलिंकले भने आफ्नो प्रविधि नयाँ किसिमका भएकाले यसलाई ‘ट्रेडिङ बिजनेस’का रुपमा मान्यता दिएर सेवा दिने बाटो खोलिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ । यसबारे सरकारले भने कानुनी व्यवस्थाहरु हेरेर अघि बढ्ने जवाफ दिएको छ ।

    स्टारलिंक नेपालमा सेवा थाल्ने वातावरण बनाइदिन माग गर्दै झण्डै २ वर्षदेखि लगातार छलफलमा छ । कम्पनीको लबिइङमा नै सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रममा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने प्रबन्ध मिलाउने घोषणा समेत गरेको थियो ।

    स्टारलिंकको मागअनुसर नै सेवा दिने बाटो खोल्न भने सरकार अन्कनाइरहेको लामो समय भइसकेको छ । विशेषगरी स्टार लिंक अमेरिकी कम्पनी भएकाले यो मामिला भूराजनीतिसँग पनि जोडिएको छ । त्यसैले सरकार स्टारलिंकलाई नेपालमा इन्टरनेट सेवामा ल्याउनबारे द्विविधामा छ ।

    स्टारलिंकका लागि नेपालमा सेवा खुला गर्दा छिमेकी चीन रुष्ट हुने डर सरकारी पक्षलाई छ । यसअघिको सरकारले यस्तै कारण स्टारलिंकको प्रस्तावलाई खासै महत्वका साथ सम्बोधन गर्ने रुचि देखाएको थिएन ।

    हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र स्टारलिंकको मालिम इलन मस्कबीच गहिरो मित्रता छ । मस्कले ट्रम्पको चुनावी अभियानलाई खुलेर सघाएका थिए । राष्ट्रपति निर्वाचित हुने पक्का भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले गर्दैगर्दा समर्थकहरुले अर्बपति मस्कबारे बोल्न ट्रम्पलाई आग्रह गरेका थिए । ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘स्टार इज बर्न’ (नयाँ तारा) र ‘अद्भुत व्यक्ति’ को रुपमा वर्णन गरेका थिए ।

    उनले अक्टुबरमा दक्षिणपूर्वी अमेरिकामा आएको विनासकारी आँधी हेलेनको समयमा धेरै मान्छेलाई जोगाउन मस्कको स्टारलिंक स्याटेलाइट सेवाले सहयोग प¥याएको समेत बताएका थिए । ‘मस्क एक विशेष मान्छे हुन्, उनी निकै प्रतिभाशाली छन्,’ ट्रम्प भनेका थिए,‘हामीले हाम्रा प्रतिभालाई संरक्षण गर्नुपर्छ, हामीसँग यस्तो प्रतिभाशाली व्यक्ति कमै छन् ।’

    यसरी अब ट्रम्प प्रशासनले मस्कको स्टारलिंकसहितको प्रोजेक्टलाई खुलेरै सघाउने संकेत देखिसकेको छ । यस्तो अवस्थामा अब अमेरिकी सरकारले नै नेपालमा स्टारलिंक सेवा सुरु र विस्तार गर्न औपचारिक कूटनीतिक पहल गरेमा अचम्म मान्नु नपर्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीहरु बताउँछन् ।

    ‘एलन मस्कको कम्पनी नेपाल आयो भने त्यसले दिने विदेशी लगानीकर्तालाई दिने सन्देश बलियो हुन्छ,’ एक अधिकारी भन्छन्,‘कानुनी व्यवस्थाहरु अध्ययन गरेर उसको माग सम्बोधन गरियो भने हानि हुन्छ भन्ने लाग्दैन ।’

    तर, नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई पनि बचाउने र प्रतिस्पर्धी बनाउनेतर्फ भने सरकारले सोच्नुपर्ने उनले बताए । रष्ट्रिय हितलाई हेरेर सरकारले स्टारलिंकको प्रवेशबारे निर्णय गर्नुपर्ने मत सञ्चार अधिकारीहरुको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑