• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मंसिर १६ मा स्थानीय तह उपनिर्वाचन, ४४ पदका लागि निर्वाचन हुने

  • वीरगंज संजाल
  • २१ कार्तिक २०८१, बुधबार ११:५९
  • १२०१

    वीरगञ्ज । आगामी मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुने भएको छ। कुल ४४ पदमा हुने यो उपनिर्वाचनमा जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख, र वडाध्यक्ष पदहरू समावेश छन्।

    निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरप्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ। यस्तै, दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदमा पनि निर्वाचन हुने आयोगले जनाएको छ।

    कुल ३४ वडाध्यक्ष पदको लागि पनि निर्वाचन हुने छ, जसमा सिरिजङ्गा, कन्काई, लालीगुराँस, गढी, मोलुङ, त्रियुगा, बेलका, डाक्नेश्वरी, धनुषाधाम, रामगोपालपुर, ईशनाथ, राजपुर, गढीमाई, ककनी, हेटौँडा, गोरखा, मुसिकोट, रुन्टीगढी, ठाकुरबाबा, पुथा उत्तरगङ्गा, शुद्धोधन, दुल्लु, तिलागुफा, कुशे, त्रिपुरासुन्दरी, सानीभेरी, सुर्मा, पूर्वीचौकी, दुहुँ, भीमदत्त नगरपालिकाका वडाध्यक्ष पद रहेका छन्।

    उम्मेदवारी दर्ता मंसिर २ मा
    निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ। बिहान १० बजेबाट अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता खुला रहनेछ भने साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ। मंसिर ३ गते विरोध उजुरी दिने समय दिइनेछ, जसको जाँचबुझ गरेर मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंसिर ५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
    खर्च सीमा
    निर्वाचन आयोगले उम्मेदवारहरूलाई आ-आफ्नो पदको आधारमा खर्च सीमा तोकेको छ। नगरप्रमुख तथा उपप्रमुखका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार, नगरपालिकाका वडाध्यक्षले दुई लाख र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन्।

    २५ दलको सहभागिता
    उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपालसहित २५ दलले सहभागिता जनाउने छन्। आयोगमा दर्ता भएका २६ दलमध्ये २५ दलले रीत पूरा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑