• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा दीपावलीको पाँच दिनमा सातजनाको मृत्यु, गाउँमा शोक

  • वीरगंज संजाल
  • २१ कार्तिक २०८१, बुधबार ११:३४
  • १०५७

    वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा दीपावली बिदाको पाँच दिनमा सातजनाको ज्यान गइसकेको छ। मृतकहरूमा चारजनाले आत्महत्या गरेका छन् भने अन्य घटनाहरूमा डुबेर, सवारी दुर्घटनामा र झुन्डिएको अवस्थामा मृत्यु भएको पाइएको छ।

    कात्तिक १५ गते छिपहरमाई गाउँपालिका–५ की १६ वर्षीया मुन्नी खातुनले झुन्डिएर ज्यान दिएकी थिइन्। त्यसैगरी, कात्तिक १६ गते बहुदरमाई नगरपालिका–८ रामनगरीकी १४ वर्षीया इसरत खातुनले झुन्डिएर आत्महत्या गरिन्।

    कात्तिक १७ गते सोही क्षेत्रकी १७ वर्षीया निजमा सहनीको डुबेर मृत्यु भएको बताइए पनि आत्महत्याको शंका व्यक्त गरिएको छ। यसै दिन, बहुदरमाई नगरपालिका–८ का एकबाल चौधरीको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

    त्यसपछि कात्तिक १८ गते पकाहामैनपुर गाउँपालिका–१ धोरेकी १५ वर्षीया तमन्ना खातुनले झुन्डिएर ज्यान दिएकी हुन् भने कात्तिक १९ गते धोबिनी गाउँपालिका–२ की रुक्साना खातुनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। गाउँमा लगातार भएका मृत्युका घटनाले शोकको वातावरण छाएको छ।

    यसरी लगातार भएको मृत्युले स्थानीय बासिन्दामा त्रास र चिन्ता बढेको छ। गाउँलेहरू यी घटनाहरूमा कुनै सामूहिक कारण वा मनोवैज्ञानिक असर हुनसक्ने भन्दै छलफलमा जुटेका छन्। कतिपयले युवा पुस्तामा मानसिक तनाव र सामाजिक दबाबका कारण आत्महत्याका घटना बढिरहेको आशंका गरेका छन्।

    प्रहरीले सबै घटनामा परिवारका सदस्य र स्थानीयसँग छलफल गरी वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। विशेषगरी कम उमेरका किशोरीहरूको आत्महत्याको श्रृंखला र अन्य दुःखद घटना देखेर समाजमा मानसिक स्वास्थ्य र परामर्शको आवश्यकताको विषयमा पनि चर्चा सुरु भएको छ।

    गाउँका अगुवाहरूले यस्ता दुखद घटनाहरूलाई रोक्न चेतना अभिवृद्धि, मनोपरामर्श र समाजमा सहयोग र समर्थनको महत्त्वमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑