वीरगंज | भारतको उत्तराखण्डको अल्मोडास्थित मार्चुलमा बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। स्थानीयहरूले बस दुर्घटनाका घाइतेहरूको उद्दार गरिरहेका छन्।
अल्मोडाको जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनित पालले सोमबार बिहान बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका छन्।उनका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बस दुर्घटनाका घाइतेको उद्दर र राहत छिटो गर्न निर्देशन दिएका छन्। एसडीआरएफ र एनडीआरएफको टोली घटनास्थल पुगेको छ। घटनास्थलमा उद्धार तथा राहतको काम सुरू गरिएको छ।