आज:
  • होमपेज / Breaking News

    नेपालमा कुनकुन गुणस्तरको सुन आउँछ, किन्दा केमा ध्यान दिने?

  • वीरगंज संजाल
  • १६ कार्तिक २०८१, शुक्रबार १७:५९
  • २३०१

    तिहारको चाडबाडको अवसरमा हालै नेपालमा सुनको खपत र मूल्यका बारे विशेष चर्चा रह्यो।

    नेपालमा सुनको मूल्य ऐतिहासिक रूपमा नै उच्च बिन्दुमा अर्थात् प्रतितोला १ लाख १७१ हजार रुपैयाँ पुग्यो भने धनतेरस भनिने त्रयोदशीका दिन एकै दिनमा झन्डै चालिस किलो सुन बिक्री भएको अनुमान व्यवसायीहरूले गरेका छन्।

    यसरी खपत हुने सुन नेपालको आन्तरिक उत्पादन होइन, उसो भए नेपालमा कताबाट आउँछ त सुन?

    उपभोक्ताले सुन किन्दा ध्यान पुर्‍याउनुपर्ने विषय केके हुन्? बीबीसी न्यूज नेपालीका संवाददाता अशोक दाहालको यो रिपोर्ट

    | नेपालको उत्तरी छिमेकी चीन विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश भए पनि नेपालमा सबैभन्दा धेरै सुन संयुक्त अरब ईमिरेट्सबाट आउने गरेको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाएको छ।

    वर्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२३ मा विश्वभरि उत्पादन भएको सुनको १० प्रतिशत हिस्सा चीनमा भएको थियो। तर नेपालमा औपचारिक बाटोबाट भित्रिने सबैभन्दा धेरै सुन संयुक्त अरब इमिरेट्सबाट आउने गरेको राष्ट्र ब्याङ्कका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए।

    “हाम्रोमा सबैभन्दा धेरै सुन दुबईबाट आउँछ। स्वीट्जरल्यान्डबाट पनि आउँछ तर मूलतः दुबईबाटै आउँछ,” आचार्यले भने।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली नेपालमा औपचारिक माध्यमबाट आउने सुनको ९० प्रतिशत हिस्सा यूएईबाटै आउने गरेको बताउँछन्।

    “ब्याङ्कहरूले दुबईमा अभाव हुँदा मात्रै दुबईकै माध्यमबाट वा सिधै स्वीट्जरल्यान्ड, हङकङ, सिङ्गापुरबाट पनि ल्याउँछन्। नभए अधिकांश सुन दुबईबाटै आउँछ,” सुनारले भने।

    यूएईले अफ्रिकी देशहरूमा खानीबाट निकालिएको सुन आफैँ प्रशोधन गर्दै आएको छ।

    नेपालमा कुन गुणस्तरको सुन आउँछ?

    सुन

    राष्ट्र ब्याङ्कका अधिकारी र सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष नेपालमा आयात हुने अधिकांश सुन उच्च गुणस्तरको हुने गरेको बताउँछन्।

    नेपाल राष्ट्र ब्याङ्कले छापावाल सुनको आयातका लागि वाणिज्य ब्याङ्कहरूलाई अनुमति दिने गरेको छ। त्यसरी आउने छापावाल सुनमा अन्तर्राष्ट्रिय गुणस्तरको छाप हुने त्यसमा सुनको मात्रा ९९.९९ प्रतिशत हुने उल्लेख गरिएको हुन्छ।

    “सुनको गुणस्तर अन्तर्राष्ट्रिय रूपमा नै निर्धारण गरिएको हुन्छ। नेपालमा अन्तर्राष्ट्रिय छापावाल सुन नै आयात हुन्छ,” सूचना अधिकारी आचार्य भन्छन्।

    सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइली नेपालमा औपचारिक बाटोबाट आउने सबै सुन गुणस्तरीय नै हुने गरेको बताउँछन्। तर अनौपचारिक बाटो भएर गहनाको रूपमा भित्रिने सुन चाहिँ कम गुणस्तरको हुने गरेको रसाइलीले बताए।

    “अहिले सुनको भाउ धेरै बढ्दा पुरानो सुन पनि बजारमा आएको छ। भारतबाट २२ क्यारेटको सुन पनि भित्रिएको छ। तर औपचारिक माध्यमबाट आउने सुनमा नेपालमा गुणस्तरको कमी छैन,” उनले भने।

    नेपालमा कति सुन आउँछ

    सुन

    राष्ट्र ब्याङ्कले वाणिज्य ब्याङ्कहरूलाई नेपालमा सुन आयातको परिमाण निर्धारण गर्ने गरेको छ। देशको अर्थतन्त्रको अवस्था, आयात निर्यातको अवस्था र डलर सञ्चितिको अवस्थाका आधारमा नेपालमा सुन आयात सम्बन्धी नीति निर्धारण गर्ने गरेको छ।

    “अहिले वाणिज्य ब्याङ्कहरूले दैनिक रूपमा २० किलो सुन आयात गर्छन्,” राष्ट्र ब्याङ्कका सूचना अधिकारी आचार्य भन्छन्।

    त्यस बाहेक नेपालमा अनौपचारिक माध्यमबाट पनि सुन आयात हुने गरेको जनकारहरू बताउँछन्। सरकारले विदेशबाट फर्कने नेपालीहरूलाई २५ देखि ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार छुट दिने गरेको छ।

    नेपालमा तस्करीको माध्यमबाट पनि सुन भित्रिने गरेको बताइन्छ। समय-समयमा भन्सार कार्यालय र सुरक्षा निकायहरूले ठूलो परिमाणमा विदेशबाट भित्रिएको सुन बरामद गर्ने गरेका छन्।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अहिले नेपाल भन्दा भारतमा सुनको मूल्य सस्तो भएका कारण भारतबाट पनि गैर कानुनी बाटोबाट सुन भित्रिने गरेको बताइन्छ।

    नेपालमा सुनको माग कति छ

    सुनका गहना

    नेपालीहरूको प्रमुख मध्येको एक पर्व तिहारमा त्रयोदशीका दिनलाई धन्वन्तरि जयन्ती अर्थात् ‘धनतेरस’ का रूपमा मनाउने प्रचलन बढेसँगै त्यस दिन सुन किन्ने प्रचलन पनि बढ्दो छ।

    नेपाल राष्ट्र ब्याङ्कले पनि उक्त दिन पारेर सुनचाँदीका सिक्का बिक्री गर्ने गरेको छ। यो वर्ष उक्त दिन ३५ देखि ४० किलोग्राम सुन बिक्री भएको आफूहरूको आकलन रहेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइलीले बताए।

    “यो वर्ष परिमाणमा ठूलो नभए पनि आर्थिक कारोबारको हिसाबले धेरै सुन विक्री भएको छ। पहिला दुई तोलाको पैसाले अहिले एक तोला मात्रै आउँछ,” रसाइलीले भने।

    धन्तेरसको एकै दिन ५० देखि ६० करोड बराबरको सुन बिक्री भएको व्यवसायीहरूको आकलन छ।

    नेपालमा दशैँबाट सुनको माग बढ्न थाल्ने र त्यो फागुनसम्मै कायम रहने व्यवसायीहरू बताउँछन्। दशैँ लगत्तै तिहार र त्यसपछि छठ जस्ता गरगहनाको प्रयोग गरिने चाडहरू आउने र मङ्सिर देखि पुस बाहेक फागुनसम्म विवाहका धेरै लगनहरू हुने गरेका कारण पनि सुनको माग बढ्ने व्यवसायी रसाइलीले बताए।

    सरकारले नेपालमा दैनिक २० किलो सुन ल्याउन अनुमति दिने भए पनि सुनको कम खपत हुने समयमा दैनिक १०-१२ किलो र अधिक खपत हुने समयमा ३० किलोसम्म सुनको माग हुने गरेको व्यवसायीहरू बताउँछन्।

    सुन किन्दा के मा ध्यान दिनुपर्छ?

    सुनको गुणस्तर जाँच

    तस्बिर स्रोत, FNGSGJA

    सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र सुनका गरगहना किन्दा उपभोक्ताहरूले यसको गुणस्तरमा चनाखो हुनुपर्छ।

    “आफूले कति क्यारेटको सुन किन्दैछु भनेर राम्रोसँग पहिचान गर्नुपर्छ। विशेष गरी २२ क्यारेटको किन्दा बढी ध्यान दिनुपर्छ। हेर्दा ९९.९९ नै देखिए पनि जलप लगाएको हुनसक्छ। रसायन छ छैन राम्रोसँग बुझ्नुपर्छ,” अध्यक्ष रसाइली भन्छन्।

    उनी सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ र हस्तकला महासङ्घको प्रमाणपत्र भएका पसलहरूमा सुनचाँदी व्यवसायी महासङ्घले निकालेको दरभाउ र ज्याला दर पनि राख्ने गरिएका कारण उपभोक्ता ठगिने जोखिम कम हुने बताउँछन्।

    ढक तराजुमा पनि नापतौल तथा गुणस्तर विभागको स्टिकर लगाए नलगाएको र व्यवसायको पान नम्बर वा कर प्रमाणपत्र भए नभएको कुरा पनि उपभोक्ताले ध्यान दिनुपर्ने उनी बताउँछन्।

    आधिकारिक व्यवसायीबाट खरिद गरिएका गहना बेच्नु पर्दा पनि अधिकतम दाम लिन सकिने रसाइली बताउँछन्।

    “अहिले सुनका गरगहना सफाइ गरिदिन्छौँ भन्दै घरघरमा डुल्ने समूहसँग सचेत रहनुपर्ने अवस्था छ। गहना सफाइ गर्नुपरे पनि सुन चाँदी व्यवसाय सम्बन्धी दर्ता भएका पसलहरूमै गर्दा उपभोक्ता ठगिने जोखिम कम हुन्छ,” उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न
  • अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
  • झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली
  • दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल

    बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने

    बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

    टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

    रहेनन् अभिनेता सुनील थापा

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    News

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    News

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    News

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    News

    खुम्बु ल्होसार कप फुटबल सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑