• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौँका मेयर बालेनद्वारा रानीपोखरीमा छठ पूजा गर्न रोक, मधेसी समुदाय असन्तुष्ट

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८१, बुधबार १५:३६
  • ११४१

    वीरगञ्ज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यस वर्षको छठ पर्वमा रानीपोखरीमा पूजा गर्न रोक लगाएका छन्, जसले मधेसी समुदाय र छठ पर्वका भक्तजनमा गहिरो असन्तुष्टि उत्पन्न गरेको छ ।

    महापर्व छठ समारोह समितिले रानीपोखरीमा छठ मनाउन अनुमति माग्दै महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालयमा निवेदन दिएको थियो । यद्यपि, समितिका सदस्यहरूले कुनै ठोस जवाफ नपाएको र मेयरसँग भेटका लागि पनि अनुमति नदिइएकोमा गुनासो व्यक्त गरेका छन् ।

    छठ समारोह समितिका तर्फबाट अधिवक्ता आनन्द गुप्ताले बालेनका सचिवालयलाई पटक-पटक सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको बताए । गुप्ताले भने, “रानीपोखरी जनताको करबाट बनेको एक सम्पत्ति हो, कुनै व्यक्तिको निजी सम्पत्ति होइन । वर्षौँदेखि यहाँ छठ पर्व मनाउने परम्परा कायम छ, र भूकम्पपछि ट्याङ्करको पानी ल्याएर पनि यहाँ पूजा गरिएको थियो । तर मेयर बालेनले अहिले आफ्नै शैलीमा निर्णय गर्दै छठ पूजा रोक्नु लोकतान्त्रिक मूल्यको अपमान हो ।”

    अधिवक्ता गुप्ताले छठको सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पार्दै भने, “छठ महापर्वले नेपालका विभिन्न समुदायलाई एकतामा बाँध्ने कार्य गरेको छ । विश्वभर रानीपोखरीमा मनाइने छठको चर्चा हुने गरेको छ, र यसको फोटोले विश्व स्तरीय फोटो प्रतियोगितामा प्रथम स्थान समेत प्राप्त गरेको छ । यस्तो सांस्कृतिक महत्त्व बोकेको पर्वमा रानीपोखरीलाई निषेध गर्नु भनेको सम्पूर्ण मधेसी समुदायको आस्थामाथि प्रहार गर्नु हो ।”

    मेयर बालेनको निर्णयलाई मधेसी समुदायले आफ्नो सांस्कृतिक अधिकारमाथिको ठाडो हस्तक्षेप र पूर्वाग्रहको रूपमा लिएको छ । काठमाडौँमा लामो समयदेखि बसोबास गर्दै आएका मधेसी समुदायका सदस्यहरूले राजधानीलाई कुनै एक जाति विशेषको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा सहर भएको भन्दै काठमाडौँको सम्पदा र पर्वहरूमा सबै समुदायको समान अधिकार रहेको कुरा उठाएका छन् ।

    स्थानीय समाजसेवी प्रमोद यादवले भने, “छठ हाम्रो आस्था र परम्पराको प्रतीक हो । काठमाडौँ महानगरले यसरी पूजा रोक्दा हामीलाई हाम्रो संस्कृति र अस्तित्वप्रति अपमानजस्तो लाग्छ । काठमाडौँमा बस्ने हामीले यहाँका सम्पदामा पूजा गर्न पाउनु हाम्रो अधिकार हो ।”

    अर्का मधेसी अगुवा रामेश्वर महतोले मेयरको कदमप्रति असन्तोष व्यक्त गर्दै भने, “यो पर्वले नेपालभरका सम्पूर्ण समुदायलाई जोड्ने काम गर्छ । बालेनजीले हाम्रो आस्थाको पर्वप्रति यस्तो व्यवहार गर्नु अनुचित हो । छठ मनाउन रोक लगाउनु कुनै समुदाय विशेषको विरोधजस्तो लाग्छ, जुन सह्य छैन ।”

    त्यस्तै अर्का स्थानीय हिमांशु बरनवालले भने, “छठ पर्वमा रानीपोखरीजस्तो ऐतिहासिक स्थानमा पूजा गर्न पाउनु हाम्रो सांस्कृतिक अधिकार हो । यस्तो परम्परामा रोक लगाउनु भनेको लोकतान्त्रिक मूल्य र समुदायबिचको सहिष्णुतामाथि धक्का पुर्‍याउनु हो । हामी सबै समुदायको प्रतिनिधित्व गर्ने नगरपालिकाका रूपमा काठमाडौँ महानगरले यस विषयमा पुनर्विचार गर्नु आवश्यक छ ।”

    विक्रम संवत् २०६३ सालदेखि रानीपोखरीमा आम सर्वसाधारणले छठ पूजा गर्दै आएका छन् । २०७० र २०७१ सालमा काठमाडौँ महानगरपालिकाले नै छठ पर्वको आयोजना गरेर रानीपोखरीमा पूजा गराएको थियो । २०७२ सालको भूकम्पपछि समेत पूजा नगर्ने स्थिति नभएकाले भक्तजनले ट्याङ्करबाट पानी ल्याएर पूजा गरे । तर, पुनर्निर्माणको बहानामा महानगरले रानीपोखरीमा छठ पर्व रोक्ने निर्णय गरिरह्यो । सन् २०२३ मा पुनर्निर्माणको काम सम्पन्न भए तापनि, भवन हस्तान्तरणको प्रक्रिया अपूर्ण भएको भन्दै महानगरले फेरि पूजा रोक्ने निर्णय गर्‍यो । यस वर्ष पनि महानगरका प्रशासकीय अधिकृतले पुनर्निर्माणका कारणलाई देखाउँदै छठ पूजा रोक्न प्रस्ताव गरेका थिए ।

    अधिवक्ता गुप्ताले यस विषयमा टिप्पणी गर्दै भने, “यो प्रतिबन्ध मेयर बालेनको कार्यशैलीलाई राजा शैलीको रूपमा चित्रित गर्दछ । जनताको चाडपर्वमाथि यस प्रकारको रोक लगाउनु तानाशाही कदम हो । यस्ता निर्णयहरूले राजधानीको बहुसांस्कृतिक परिवेशलाई कमजोर पार्छन् र जनतालाई विभाजनतर्फ धकेल्छन् ।”

    छठ पर्वको सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै मधेसी समुदायका अगुवाहरूले काठमाडौँ महानगरपालिकालाई निष्पक्ष र समान व्यवहार गर्न आग्रह गरेका छन् । रानीपोखरीजस्तो ऐतिहासिक स्थलमा सम्पूर्ण समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनीहरूको जोड छ । “छठ पर्वले नेपालका सम्पूर्ण नेपालीलाई एकतामा बाँध्ने अवसर प्रदान गर्छ । यस्तो पर्वमा रोक लगाउनु भनेको देशको सांस्कृतिक विविधता र सहिष्णुतालाई अपमान गर्नु हो,” मधेसी शशिकान्त सर्राफले भने ।

    उनले थपे, “काठमाडौँको कुनै पनि सांस्कृतिक सम्पदामा पूजा गर्न पाउनु सम्पूर्ण नेपालीको अधिकार हो । महानगरपालिकाले छठ पर्वको धार्मिक महत्त्वलाई आत्मसात् गर्दै रानीपोखरीमा पूजा गर्न अनुमति दिनुपर्छ ।”

    समाजका अन्य अगुवाहरूले पनि यस विषयमा पुनर्विचार गर्दै, काठमाडौँ महानगरलाई सम्पूर्ण समुदायका लागि साझा रूपमा प्रस्तुत गर्न सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑