आज:
  • होमपेज / Breaking News

    वीरगन्ज हेल्थ केयरले उद्धारमा खटिने सशस्त्र प्रहरीहरुलाई दियो प्राथमिक उपचारको तालिम

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८१, बुधबार १५:२८
  • १५६९

    वीरगंज | प्राकृतिक विपद, दुर्घटना इत्यादिमा उद्धारका लागि खटिने मधेस प्रदेशमा कार्यरत ३५ जना सशस्त्र प्रहरीलाई प्राथमिक उपचारक अनुशिक्षण तालिम दिइएको छ ।वीरगन्ज हेल्थ केयर हस्पिटलको समन्वयमा बाराको पिलवुवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ हेड क्वाटरमा आयोजित तालिममा सशस्त्र प्रहरी बलका ३५ जना सुरक्षाकर्मीलाई ८ दिने तालिम दिइएको हो ।

    बाढी पहिरो,भुकम्प,आगलागी जस्ता प्राकृतिक विपद, सडक दुर्घटना तथा आन्दोलन, प्रदर्शन ईत्यादीमा घाइतेहरुको उद्धारमा खटिने सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम दिइएको वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुख भूमीका अधिकारीले जानकारी दिइन् ।

    उद्धारका लागि खटिएका सुरक्षाकर्मीले उद्धारका क्रममा घाइतेहरुलाई अस्पतालसम्म पुरयाउनुअघि घटनास्थलमै तत्काल प्राथमिक उपचार कसरी गर्ने ? ज्यान जाने जोखिमबाट उनिहरुलाई कसरी बचाउउने ? लगायतका विषयमा अस्पतालका विशेषज्ञ चिकित्स र स्वास्थ्यकर्मीले तालिम दिएको उनले बताइन् ।

    यसका साथै आफनो कार्यक्षेत्रमा कार्यरत रहेकै बेला घाइते वा अकस्मात बिरामी हुने आफनै सहकमीर्? सुरक्षाकर्मीलाई पनि तत्कालका लागि प्राथमिक उपचार कसरी गर्ने बारेमापनि उनिहरुलाई तालिम दिइएको वीरगन्ज हेल्थ केयर हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर शाहिद मुर्तुजाले बताए ।

    उनका अनुसार, ८ दिने तालिममा घाउ चोट लागेका घाइतेको मलमपट्टी कसरी गर्ने,अचेत भएकालाई होशमा ल्याउन के के गर्ने , ज्व्।रो, रक्तचाप र मुटुको धड्कन कसरी नाप्ने ईत्यादी विषयमा सैद्धान्ति र व्यवहारिक ज्ञान दिइएको हो ।

    उक्त ८ दिने आवासीय तालिममा मधेस प्रदेशका १० वटै गण, एउटा बाहिनी र एउटा मुख्यालय गरी १२ वटा ईकाईबाट गरी ३५ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको सहभागीता रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ हेड क्वाटर पिलवा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जानकारी दिए ।उद्धारमा खटिने सशस्त्र प्रहरीका लागि यस्तो प्रकारको तालिम मधेस प्रदेशमै पहिलो पटक भएकोपनि उनले बताए ।

    बुधबार तालिमको अन्तिम दिन आयोजित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले प्राकृतिक विपद वा सडक दुर्घटना भएका बेला उद्धारमा खटिदाँ र आफनो कार्यक्षेत्रमै खटिदाँका बखतपनि घाइते र बिरामीको उद्धार गर्ने क्रममा अनेक जटीलताहरु आउने गरेको बताए । त्यस बेला अहिलेको यो तालिमबाट प्राप्त प्राथमिक उपचार सम्बन्धि ज्ञान र सिप निक्कै काम लाग्ने उनले बताए ।

    उनले तालिममा सिकेका सिप र ज्ञान सदुपयोग गर्न तालिम लिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई आग्रहपनि गरे ।
    वीरगन्ज हेल्थकेयर हस्पिटलका मुटुरोग विशेषज्ञ चिकित्सक डा.शाहिद मुर्तुजाको प्रमुख आतिथ्यतामा भएको प्रमाणपत्र वितरण समारोहमा हस्पिटलकी प्रशासन प्रमुख भूमीका अधिकारी, मेट्रोन विद्या श्रेष्ठ,सशस्त्र प्रहरी उपरीक्षक क्षेत्री , डा. अनुपम उपाध्याय,डा. कासिम अन्सारी लगायतकाकोपनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑