• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उद्योगलाई अन्धकारमा राखेको भन्दै जीतपुरसिमरा उद्योग वाणिज्य संघको विरोध

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८१, बुधबार १२:२५
  • ९६५

    वीरगंज | तिहारको समयमा औद्योगिक प्रतिष्ठानहरूको बिजुली काटिएको भन्दै जीतपुरसिमरा उद्योग वाणिज्य संघले कडा विरोध जनाएको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उज्यालो पर्व दिपावलीमा उद्योगहरू अन्धकारमा राख्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय सच्याउन माग गरेका छन्।

    संघका अनुसार डेडिकेटेड र ट्रंक लाइनको विवाद पुरानो भए पनि उद्योगीहरूले यसलाई वार्ता र सहमति मार्फत समाधान गर्ने प्रयास गरिरहेछन्। तर, सरकार र प्राधिकरणले उद्योगीहरूको यो प्रयासलाई वेवास्ता गरेको आरोप अध्यक्ष लामिछानेले लगाएका छन्।

    विज्ञप्तिमा जीतपुरसिमरा उपमहानगरभित्रका चार ठूला उद्योगहरू—जगदम्बा स्टिल, हुलास स्टिल, हामा आइरन, र अशोक स्टिल—प्रतिकूल परिस्थितिमा परेको उल्लेख छ। “रोजगारी र कुल ग्राहस्थ उत्पादनमा योगदान गर्ने यी उद्योगहरूको बिजुली काट्ने एकपक्षीय निर्णय निन्दनीय छ,” लामिछानेले भनेका छन्।

    विज्ञप्तिमा हालको परिस्थितिले उद्योगीमा त्रास फैलाएको र देशमा व्यवसायमैत्री वातावरण निर्माणको सट्टा उद्योगमा आक्रमण भइरहेकाले लगानी पलायनको जोखिम बढेको बताइएको छ।

    संघले देशभर बिजुली काटिएका उद्योग प्रतिष्ठानहरूमा विद्युत् पुनःस्थापना गर्न, उद्योगमैत्री वातावरण निर्माण गर्न, र उद्योगहरूको सुरक्षा सुनिश्चित गर्न विद्युत् प्राधिकरणलगायत सम्बद्ध निकायलाई आग्रह गरेको छ।

    संघले बिजुली कटौतीको निर्णयले तिहार जस्तो महत्वपूर्ण पर्वमा उद्योगहरूलाई अन्धकारमा राखेर आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको बताएको छ। विज्ञप्तिमा, उद्योगको दीर्घकालीन सञ्चालनलाई सुनिश्चित गर्न र व्यवसायीहरूको मनोबल उच्च राख्न आवश्यक नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरिएको छ।

    “सरकारले उद्योगहरूलाई चलायमान बनाउन, रोजगारीको अवसर बढाउन र उत्पादन वृद्धिमा योगदान पुर्‍याउन आवश्यक नीतिगत स्पष्टता र सहजीकरणको वातावरण निर्माण गर्नु अनिवार्य छ,” संघले जोड दिएको छ।

    उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेले प्राधिकरणको एकपक्षीय कदमले केवल उद्योगहरूलाई मात्रै होइन, सम्पूर्ण आपूर्ति श्रृंखलालाई प्रभावित पार्ने बताएका छन्। यो बिजुली कटौतीले स्थानीय समुदायलाई पनि प्रत्यक्ष असर पुर्‍याएको भन्दै, संघले सरकारसँग व्यवसायमैत्री दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ।

    संघले यदि बिजुली आपूर्ति तत्काल पुनःस्थापना नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑