• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा–बारा औद्योगिक करिडोरमा हजारौं मजदुर बेरोजगार, उद्योग ठप्प

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८१, मंगलवार १६:२३
  • १०९७

    वीरगञ्ज । नेपालकै प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–पथलैया क्षेत्रमा सञ्चालित उद्योगहरु ठप्प भएपछि हजारौं मजदुर बेरोजगार बनेका छन्। डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गर्दा उद्योगहरु प्रभावित भएका हुन्। यस घटनाले औद्योगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र स्वदेशी लगानीका उद्योगहरुमा कार्यरत मजदुरहरुको रोजगारी संकटमा परेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताए।

    थामीका अनुसार, विद्युत आपूर्ति पुनः सुचारु नभएसम्म आधा पारिश्रमिक दिएर मजदुरहरुलाई काममा राख्ने तयारी भए पनि यो अवस्था लामो समय कायम रहेमा श्रम सम्बन्धमा समस्या आउन सक्ने चेतावनी उनले दिए। यसअघि नै पथलैया–वीरगञ्ज करिडोरका केही छड र सिमेन्ट उद्योग आंशिक सञ्चालनमा मात्र रहँदा हजारौं श्रमिकले रोजगारी गुमाएका थिए।

    बेरोजगारीको समस्याले यस क्षेत्रमा थप समस्या ल्याउने सम्भावना देखिएको थामीको भनाइ छ। उनका अनुसार, हुलास स्टील इण्डष्ट्रिज लिमिटेडमा १,१०० जना, जगदम्बा स्टील इण्डष्ट्रिजमा १,६२५ जना, हामा आइरन एण्ड स्टीलमा २५५ जना र अशोक स्टील इण्डष्ट्रिजमा ३२५ जना गरी करिब ३,३०५ जना श्रमिकहरु यस क्षेत्रका उद्योगहरुमा कार्यरत थिए।

    वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले उद्योगहरुमा आन्तरिक विद्युत आपूर्तिको गुणस्तर कमजोर हुँदा उत्पादनमा ह्रास आइरहेको अवस्थामा हाल विद्युत आपूर्ति बन्द हुँदा बेरोजगारीको समस्या अझ चर्किने बताए। यसैगरी, संघका पूर्व अध्यक्ष प्रदीप केडियाले प्लास्टिक र भट्टीमा आधारित उद्योगहरु बन्द हुने सम्भावना रहेको जनाउँदै, यसले मजदुर र व्यवस्थापनबीच द्वन्द्वको स्थिति निम्त्याउन सक्ने चेतावनी दिए।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले देशभरका १२ वटा उद्योगहरुले किस्ताबन्दीमा बक्यौता रकम तिरेर विद्युत सुचारु गरिसके पनि वीरगञ्ज –पथलैया करिडोरका उद्योगहरुले अझै बक्यौता नतिरेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑