• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वकप लिग–२ क्रिकेटमा कमजोर प्रदर्शनबाट गुज्रिएको नेपाल

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८१, मंगलवार १५:१४
  • ६९७

    वीरगंज | आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गर्दै आएको छ। खेलेका एकपछि अर्को खेलमा नेपालले पराजय भोगिरहेको छ। पछिल्ला ५ म्याचमा कुनै पनि खेलमा नेपालले जित बटुल्न सकेको छैन।

    प्रतियोगिता अन्तर्गत गत फेब्रुअरीमा नेपालमै भएको ४ म्याच र गत सेप्टेम्बरमा क्यानडामा भएका ४ म्याचमा गरी जम्मा एउटा खेल मात्र नेपालले जितेको छ।

    घरेलु मैदानमा गत फेब्रुअरीमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग २–२ खेल खेलेको थियो। जसमा नेपालले नामिबियासँग दुबै खेल हार्‍यो भने नेदरल्याण्ड्ससँग १ खेल जितेर १ खेल हार्न पुग्यो।

    नमिबियासँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ विकेटले हारेको नेपालले नेदल्याण्ड्सलाई पहिलो खेलमा २ सय ८ बल बाँकी छँदै ९ विकेटले हराएको थियो भने अर्को खेलमा ८ विकेटको हार भोग्यो।

    सेप्टेम्बरमा क्यानडामा भएको टुरमा क्यानडासँग पहिलो खेलमा १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटले नेपाल पराजित भयो। सोही टुरमा ओमानसँगको एउटा खेल स्थगित भएर नतिजाविहीन हुँदै दुबैले १–१ अंक बाँडे भने अर्को खेलमा नेपाल १ बल बाँकी छँदा मात्र १ रनले पराजित हुन पुग्यो।

    अहिले अमेरिकामा ४ मध्ये एउटा खेल सकिएको छ भने दोस्रो खेलमा मंगलबार (आज) नेपालले स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको घरेलु मैदान डालासमा आइतबार राति नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। यो हार जारी प्रतियोगितामा नेपालको सातौँ हो।

    नेपालले अघिल्लो संस्करणको पनि सुरुमा खराब प्रदर्शन नै गरेको थियो। कुल ३६ खेलमा सुरुवाती २४ खेल सकिँदा नेपाल ७ वटा राष्ट्रमध्ये पपुवा न्युगिनीभन्दा मात्र माथि थियो। तर अन्तिम १२ खेलमा ११ वटा खेल जित्दै ठूलो छलाङ मार्दै नेपालले युएई , अमेरिका र नामिबियालाई पछि पारेको थियो। त्यत्तिबेला नेपाल ४० अंक सहित तेस्रो हुँदा नेपालभन्दा माथि स्कटल्याण्ड र ओमान रहेका थिए।

    दोस्रो जितको खोजीमा

    प्रतियोगिताको १० औँ खेलमा मंगलबार राती अमेरिकाको डालासस्थित ग्राण्ड प्राइरी रंगशालामा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ।

    नेपालले पछिल्ला ५ म्याचमा कुनै जित बटुल्न नसक्दा स्कटल्याण्डले भने पछिल्ला ४ खेल लगातार जितेको छ। स्कटल्याण्डले गत जुलाईमा नामिबियालाई २ पटक र ओमानलाई एक पटक हराएको छ। अमेरिका टुरमा अमेरिकालाई नै स्कटल्याण्डले यसै साता मात्र १० विकेटले पाखा लगाएको छ।

    स्कटल्याण्डका ब्याटर एचजी मुसे र आरडि वेरिङटनलाई रोकेर स्कटीस बलर बिजे कुरी र एम म्याकमुक्नेको बललाई समाना गर्न सके नेपालका निम्ती २ अंक पाउन कठिन हुने छैन।

    यसैगरी नेपाली ओपनरले राम्रो पार्टनरसीप बनाएर खेलेमा सुरुमै स्कटल्याण्ड दबाबमा पर्न सक्छ। डालासमा ओपनर ब्याटर कुशल भुर्तेल बलिङमा जम्न थालेका छन्। उनले अमेरिकाविरुद्ध ४ विकेट लिए।

    उनले ६ ओभर बलिङ गरेर २३ रन खर्चेर ४ विकेट लिएका हुन्। कप्तान रोहित पौडेल पनि सोही खेलमा शतक हान्नबाट ४ रनले मात्र चुके। ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका उनी नेत्रभाल्करद्वारा आउट भएका थिए। नेपाली ओपनर अनिल साह ५६ रन तथा आसिफ शेख ५२ रनमा आउट भए।

    ९ खेलको समाप्तिमा नेपालले मात्र ३ अंक जोडेको छ। नेपालले १ खेल जित्दा ७ वटा खेल हारेको छ। १ खेल अनिर्णित छ।नेपाल ७ औँ स्थानमा रहेको छ। नेपालले नेदरल्याण्ड्सलाई ९ विकेट हराउन बाहेक खेलेका सबै खेलमा पराजय बेहोरेको छ। ओमानसँगको खेल रद्द भएर १–१ अंक नेपाल र ओमान दुबैले बाँडेका थिए।

    १२ खेलमा १६ अंकसहित क्यानडा पहिलो स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ। ८ खेलबाट नेदरल्याण्ड्सले १२ अंक जोडेको छ भने समान खेलबाट स्कटल्याण्डले ११ अंक जोडेको छ।

    १२ खेलबाट नामिबियाले १० अंक बनाउँदा ओमानले ८ खेलबाट ६ अंक बनाएको छ। पुछारमा रहेको युएईको ७ खेलबाट मात्र २ अंक छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑