• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छिट्टै सबै स्थानीय तहमा कर्मचारी पठाइने: मन्त्री गुप्ता

  • वीरगंज संजाल
  • १२ कार्तिक २०८१, सोमबार १४:४०
  • १४२५

    वीरगंज | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहमा कर्मचारी पठाउने तयारी भइरहेको बताउनुभएको छ। उहाँले मन्त्रालयको नेतृत्व सम्हालेपछि धेरै स्थानीय तहमा कर्मचारी व्यवस्थापन भइसकेको र बाँकी स्थानहरूमा पनि छिट्टै कर्मचारी पठाइने जानकारी दिनुभएको हो।

    मन्त्री गुप्ताका अनुसार, मन्त्रालय सम्हालेयता जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ जिल्लामा प्राविधिक जनशक्ति, विशेषगरी इन्जिनियर, पठाइसकिएको छ। बाँकी रहेका नगर र गाउँपालिकाहरूमा चाँडै कर्मचारी पुर्याइने उहाँको भनाइ छ।

    करिब एक दशकदेखि एकै ठाउँमा काम गरिरहेका १,२५८ जना कर्मचारीलाई सरुवा गरी विभिन्न स्थानमा पठाइएको र यो कदमले प्रशासनिक काम चुस्त बनाउन सहयोग पुगेको मन्त्री गुप्ताले बताउनुभयो। उहाँले भने, “विभिन्न तहमा लामो समयदेखि रहेका कर्मचारीलाई सरुवा गरी कार्यक्षमता बढाउने प्रयास गरेका छौँ। नयाँ अफिसर र अधिकृतहरू पनि पालिकामै पठाएका छौँ।”

    एकैचोटी ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट दबाब सामना गर्नुपरेको बताउँदै मन्त्री गुप्ताले काममा आउने दबाबका अगाडि आफू नझुक्ने र मन्त्रालयको सुधार प्रयासमा दृढ रहेको बताउनुभयो।

    उहाँले कर्मचारी सरुवासम्बन्धी नियमावली कानुन मन्त्रालयमा राय-सुझावका लागि पठाइएको जानकारी पनि दिनुभयो। साथै, संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्दै, १०० दिनको कार्यकालमा थालिएका कामको परिणाम अब क्रमशः देखिने दाबी गर्नुभयो।

    मन्त्री गुप्ताले मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयकमाथिको छलफललाई तीव्रता दिइएको र आगामी संसद अधिवेशनमा सो विधेयक पारित हुने सम्भावना रहेको बताउनुभयो। उहाँले यी १०० दिनको अवधि मन्त्रालयका गतिविधिहरू बुझ्न, आवश्यक ब्रिफिङ लिन र विभिन्न किसिमका कार्यहरू सुरु गर्न प्रयोग भएको उल्लेख गर्दै अब क्रमशः यसका परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो।

    उहाँका अनुसार, हालसम्म मन्त्रालयले थालिएका सुधारात्मक कार्यहरूलाई पूर्णता दिन सबै तहमा कार्य योजना बनाउँदै गरेको छ। सबै पालिकाहरूमा कर्मचारी व्यवस्थापन भएपछि निमित्तको भरमा चलेका सेवा प्रबन्धनमा सुधार आउने र कर्मचारीहरूको दीर्घकालीन नियुक्तिले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने उहाँको भनाइ छ।

    मन्त्री गुप्ताले सिङ्गो सरकारकै गति बढाउने उद्देश्यले मन्त्रालयले चालू आवमा स्थानीय तह र कर्मचारी व्यवस्थापनका थप योजनाहरू अघि बढाइरहेको जानकारी दिनुभयो। मन्त्रालयको सुधार र व्यवस्थापन योजनामा दीर्घकालीन परिणाम आउने अपेक्षा रहेको उहाँले बताउनुभयो।

    उहाँले थप्नुभयो, “हामी सबै स्थानीय तहमा कर्मचारी पुर्याउने र सेवा प्रवाह चुस्तदुरुस्त बनाउने हाम्रो प्राथमिकता हो। यसले जनतालाई सेवा प्राप्तिमा सजिलो र सहजता ल्याउनेछ, र कर्मचारीहरूको उचित व्यवस्थापनले प्रशासनिक सुधारमा योगदान पुर्याउनेछ।”

    मन्त्रीको यो योजना कार्यान्वयनमा आएपछि स्थानीय तहका सेवाहरूमा सुधारको अपेक्षा गरिएको छ, जसले कर्मचारी व्यवस्थापनमा लामो समयदेखि आएको चुनौतीलाई सम्बोधन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑