• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १८ महिनादेखि तलब नपाएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको आन्दोलनको चेतावनी

  • वीरगंज संजाल
  • १२ कार्तिक २०८१, सोमबार १३:५१
  • ८७३

    वीरगंज । रौतहटको कटहरिया नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले १८ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। मेयर अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि नै तलब नपाएकोले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

    दसैँमा तलब नपाउँदा आर्थिक कठिनाइ भोगेका स्वास्थ्य स्वयंसेविकाहरूले अब दीपावली र छठ आउँदै गर्दा पनि तलबको कुनै टुंगो नलागेको गुनासो गरेका छन्। कटहरिया नगरपालिकाका ९ वटै वडामा ५४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्, तर उनीहरूले १८ महिनादेखि तलब पाएका छैनन्।

    पूर्व मेयर सियाराम कुशवाहाले स्वयंसेविकाहरूलाई मासिक ३ हजार रुपैयाँका दरले चौमासिक तलब दिन्थे। मेयर जैसवालले निर्वाचित भएपछिको केही समय ४ हजार ५ सय रुपैयाँका दरले तलब भुक्तानी गरे पनि पछिल्ला १८ महिनादेखि तलब रोकेका छन्।

    वडा नम्बर ८ की स्वास्थ्य स्वयंसेविका मिना ठाकुरले मेयरले बारम्बार झुटा आश्वासन मात्र दिँदै आएको बताइन्। असोजमा आन्दोलन गरेपछि मेयरले दसैँअघि नै तलब दिने प्रतिवद्धता जनाएका थिए, जसपछि आन्दोलन स्थगित गरिएको थियो। तर, हालसम्म कुनै खातामा तलब नपुग्दा स्वयंसेविकाहरू पुनः आक्रोशित भएका छन्।

    सम्पर्क प्रयास गर्दा मेयर जैसवालसँग सम्पर्क हुन सकेन, भने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले पनि फोन नउठाएको स्वयंसेविकाहरूले जनाएका छन्।

    स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो तलब सम्बन्धी समस्या समाधान नभए दीपावली र छठपछाडि पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन्। उनीहरूले नगरपालिकाको लापरबाहीका कारण आफूहरूलाई आर्थिक समस्यामा परेका बताउँदै काम नगर्ने चेतावनीसमेत दिएका छन्।

    स्वयंसेविका मिना ठाकुरका अनुसार, तलब नपाउँदा दैनिक खर्च टार्नसमेत कठिनाइ भएको छ। उनीहरूको तलब समयमा नपाउँदा परिवार र समाजमा अपमानित हुनुपरेको उनको गुनासो छ। “हामी जनताको स्वास्थ्य सेवा दिन समर्पित छौँ, तर हाम्रो नैतिकता र अस्तित्वको कदर नगरिँदा कामप्रति निराश भएका छौँ,” ठाकुरले बताइन्।

    स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरूले अब समस्याबारे प्रदेश र संघीय स्तरसम्म आवाज उठाउने योजना बनाएका छन्। यसै बीच, नगरपालिकाले यस विषयमा उचित सम्बोधन नगरेको र प्रशासनले चुपचाप बसिरहेको आरोप पनि उनीहरूले लगाएका छन्।

    नगरपालिकामा स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने स्वयंसेविकाहरूको तलब समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकारको इच्छाशक्ति आवश्यक भएको उनीहरूले बताएका छन्। यद्यपि, नगरपालिकाबाट यो समस्या समाधानका लागि ठोस पहल नहुँदा स्वयंसेविकाहरू आन्दोलनमा जान बाध्य भएको स्पष्ट छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑