जन्मे हुर्के यही, माया छ तिमिसङ्ग साचो।
किन मौन तिमि ए मेरो माटो?
हेर न पिडा मेरो,
कति हुदै छ मलाई तिमिसङ्गको बिछोडमा।
परदेशको बाटोले टाढा पुर्याउला सजिलै,
तर मन तिम्रै माया खोजिरहने छ हर मोडमा।
किन सुनदैनौ मेरो बोली तिमि, किन हरायौ साथको बाटो?
किन मौन तिमि ए मेरो माटो?
मायाको जरा तिम्रै छेउमा छ।
बुझ्दैन कहिल्यै मेरो आसु परदेशीको माटो।
किन मौन तिमि ए मेरो माटो?
पाहाडका चट्याङ, तराईका हरियाली,
आफ्नै गाउठाउमा बस्न कति हुन्छ खुसीयाली।
थाहा हुन्न यो वेदना हाम्रो घुस्याहा शासक बर्गलाई ।
खुसी हुन्छ मानिस आफ्नै माटोमा पछाडी छोडछ स्वर्गलाई।
आमाको माया बुवाको सम्झना हुन्छ एकदमै साचो।
किन मौन तिमि ए मेरो माटो?
तिम्रो क्षमता र संभावना हाम्रो बाच्नको लागि छ प्रयाप्त।
तिम्रो उत्पादकत्वले पुग्छ गर्न निर्यात।
तैपनि तिमि भएनौ किन प्रयोग?
किन बन्द भए भएका सबै उधोग?
कारण हो कुशासक र यिनिहरुको साटोघाटो।
किन मौन तिमि ए मेरो माटो?
सक्छौ भने एउटा कुशल नेतृत्व जन्माउ।
हामीलाई आफ्नै परिवेश र परिवारसङ्ग हाम्रो जीवन बचाउ।
रहर लाग्छ मनाउन तिम्रै साथ हाम्रा सबै पर्बहरु।
आमा बुवाको साथ र छोराछोरीको बिकास हुन्छ जरुरी।
काम नलाग्न सक्छ यी कमाएका करोडौ र अर्बहरु।
कहिले मौका आउला फर्किने तिम्रो बाटो ?
किन मौन तिमि ए मेरो माटो?
नेता पत्रकार भनिने जोकरको भुमिका निर्वाह गर्छन्।
बिकास र बिपदको चिन्ता केही जनाले मात्र गर्छन्।
पार्छन् बाध्य जानलाइ बिदेशको बाटो ।
किन मौन तिमि ए मेरो माटो?
लेखक : सुधिर पन्डित