• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिकटकले कर्मचारी कटौती गर्दै, पूरा होला त नेपाल सरकारको सर्त ?

  • वीरगंज संजाल
  • २९ आश्विन २०८१, मंगलवार १८:०५
  • १२५७

    काठमाडौँ | ‍अघिल्लो महिना मात्रै टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दा नेपाल सरकारले टिकटकसँग राखेका विभिन्न सर्तमध्ये स्थानीयलाई रोजगारी दिनुपर्ने विषयमा पनि समावेश थियो । तर कम्पनीले यो साता सार्वजनिक गरेको विज्ञप्तिमा टिकटकले सयौँ संख्यामा कर्मचारी कटौती गर्ने उल्लेख छ ।

    टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले जनाएअनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई थप बलियो बनाउन कर्मचारी छाँटकाँट गर्न लागिएको हो ।

    टिकटकले कुन देशमा कति कर्मचारी हटाउने स्पष्ट जानकारी दिएको छैन । तर मलेसियामा मात्रै ५ सयजति रोजगारी गुम्ने अनुमान गरिएको छ । कन्टेन्ट मोडरेसनलाई प्रभावकारी बनाउन खोजिएको टिकटक प्रतिनिधिले रोयटर्ससँग भनेका छन् ।

    ‘सन् २०२४ भित्रमा हामीले ट्रस्ट एन्ड सेफ्टीका लागि विश्वव्यापी रूपमा २ अर्ब डलर लगानी गर्ने योजना बनाएका छौं,’ टिकटकका प्रवक्ताले विज्ञप्तिमार्फत भनेका छन्, ‘टिकटकको नियम उल्लंघन गर्नेमध्ये ८० प्रतिशतभन्दा धेरै कन्टेन्ट हाल हाम्रो स्वचालित प्रविधिले हटाउने गरेको छ र यसलाई अझै सुधार गरेर प्रभावरी बनाउन पहल गरिरहेका छौं ।’

    टिकटकमा पोस्ट भएका सामग्री (कन्टेन्ट) मोडरेसनका लागि कम्पनीले मानव जनशक्ति र अटोमेटेड डिटेक्सन प्रविधि दुवै संयुक्त रूपमा प्रयोग गर्दै आएको छ । कन्टेन्ट मोडरेसन भनेको अनलाइन प्लाटफर्ममा पोस्ट हुने सामग्री अप्रासंगिक, अश्लील, गैरकानुनी, हानिकारक वा अपमानजनक छ/छैन पत्ता लगाउने र त्यस्तो भएमा लेबल लगाउने वा हटाउने प्रक्रिया हो । यसका लागि फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, युट्युबजस्ता प्लाटफर्महरूले कन्टेन्ट मोडरेटर नियुक्त गर्ने गरेका छन् ।

    टिकटकले विभिन्न देशमा रहेका आफ्ना मार्केटिङ र कन्टेन्ट मोडरेसन विभागमा कर्मचारी कटौती गर्ने विषयमा पछिल्ला केही महिनायता विभिन्न अनुमान बाहिरिएका थिए । बाइटडान्सको वेबसाइटमा उल्लेख भएअनुसार टिकटकले विभिन्न देशमा २ सयभन्दा धेरै शहरमा १ लाख १० हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।

    नेपालका लागि भने टिकटकले भदौ अन्तिम साता पब्लिक पोलिसी म्यानेजर पदमा दरखास्त आह्वान गरेको थियो । सरकार र नीति निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेदेखि टिकटक र यसका कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक रणनीति बनाउने मूल जिम्मेवारीसहित टिकटकले पोलिसी म्यानेजर नियुक्त गर्न चाहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑