• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समुदायको उत्थानमा पहिचान, पहुँच र प्रतिनिधित्वको आवश्यकता

  • वीरगंज संजाल
  • २९ आश्विन २०८१, मंगलवार १७:५६
  • ७२१

    राजविराज । मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समुदायको उत्थानको लागि पहिचान, पहुँच र प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ । पहिचान, पहुँच र प्रतिनिधित्वमा वर्चस्व कायम रहेको जात र समुदाय हरेक क्षेत्रमा अग्रस्थानमा रहेको उहाँले बताउनुभएको हो ।

    निर्णायक भूमिकामा प्रतिनिधित्व भएमा हक, अधिकार प्राप्त गर्न सहज हुने गरेको पूर्वमन्त्री साहले भन्नुभयो, “कुनै पनि जात, समुदाय कमजोर हुँदैन, अवसर पाएमा नेतृत्व गर्न सक्षम रहेको कयौँ उदाहरणहरू छन् । हामीले आफूलाई आफैँले कमजोर बनाउने काम गरिरहेको छौँ”, उहाँले थप्नुभयो, “शारीरिक रूपमा अब्बल छौँ तर मानसिक रूपमा हीनता बोधको अनुभूति गर्छौँ । यसलाई त्यागेर पहिचान, पहुँच र प्रतिनिधित्व बढाउन लाग्नुपर्छ ।”

    अधिकार प्राप्तिसँगै कर्तव्य निर्वाह गर्न पनि अग्रस्थानमा देखिनु पर्ने भन्दै मन्त्री साहले सम्पत्तिले धनी मानिसलाई मानसिक रूपमा धनी बन्न आग्रह गर्नुभयो । धनी, सम्पन्न वर्गले शिक्षाको लागि राम्रो विद्यालय, क्याम्पस, स्वास्थ्यको लागि अस्पताल, विभिन्न उद्योग कलकारखाना खोलेर सेवासँगै रोजगारीको अवसर सृजना गर्नेतर्फ सोच्न आग्रह गर्दै उहाँले त्यस विद्यालयमा गरिब, विपन्न वर्ग समुदायका बालबालिका, नागरिकका बच्चालाई एकदमै न्यून दरमा अध्ययन अध्यायपनको अवसर दिएर सेवाभाव देखाउन अपिल गर्नुभयो ।

    यस्तै, ती वर्गका बालबालिका, वृद्धवृद्धा र नागरिकलाई स्वास्थ्योपचारमा पनि सहुलियत प्रदान गर्न सकिन्छ, उहाँको कथन थियो । तेली कल्याण समाज सप्तरीले आयोजना गरेको ३० औँ मित्रमिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले समुदायमा परिवर्तन गराउन शिक्षा आवश्यक भएकोले जुन मानिस शिक्षा हासिल गर्न आर्थिक रूपमा कमजोर रहेका छन्, उनीहरूलाई सहयोग गरेर मानवता देखाउन पनि हाम्रो कर्तव्य रहेको उहाँले बताउनुभयो ।

    सरकार एक्लैले चाहेर पनि धेरै काम गर्न सकिँदैन, एकअर्कामाथि दोषारोपण गरेर पनि पूरा हुँदैन, उहाँले हामी जो जुन पेसामा जहाँ छौँ त्यहीबाट इमान्दारिताका साथ सहयोग गरियो भने चाहेको परिणाम देख्न सकिने बताउनुभयो ।

    समाजका जिल्ला अध्यक्ष अमृतलाल साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष विश्वनाथप्रसाद साह तेलीले राष्ट्रिय जनजगणना २०७८ को नतिजामा तेली समुदायको तथ्याङ्क त्रुटिपूर्ण भएकोले सच्याउन आवश्यक भएको बताउनुभयो । आर्थिक, सामाजिक र टेक्निकल शिक्षमा स्वाजाती अब्बल देखिएको भए पनि राजनीतिक प्रतिनिधित्व बढाउन उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मदेश्वरप्रसाद साह, केन्द्रीय सदस्य सुनिता साह, मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, पर्साका असर्फी साह, साह सेवा सदनका अध्यक्ष योगेन्द्रप्रसाद साह, साह महिला समितिका अध्यक्ष प्रमीला साह, शिक्षक तथा कर्मचारी मित्रमलिनका अध्यक्ष धर्मदेव साह, जिल्ला बारका पूर्वअध्यक्ष अधिवक्ता डोमन साह, डा. अरुणकुमार साह लगायतले सामाजिक, आर्थिक एवं प्राविधिक जनशक्तिमा योगदान पुर्‍याउँदै आएको यस समुदायले अबका दिनमा शैक्षिक, स्वास्थ्य, रोजगारीको अवसर सृजनासँगै राजनीतिक पहुँच, प्रतिनिधित्वको लागि एकताबद्ध भएर सक्रियता बढाउनु पर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑