• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति

  • वीरगंज संजाल
  • २३ आश्विन २०८१, बुधबार १३:४४
  • ९२५

    वीरगंज | डेढ साताअघिको वर्षा र बाढीले गण्डक नहर र यसका सहयोगी संरचनामा गरी १० करोड रुपैयाँ बढीको क्षति पु¥याएको छ । पर्सा, बारा र रौतहट गरी ३ वटा जिल्लामा विभिन्न स्थानमा गरी गण्डक नहरका संरचनामा ठूलो क्षति पुगेको हो ।

    नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकारी सुरेशप्रसाद साहका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा गण्डक नहर र यसका संरचनामा क्षति पुगेको छ । पर्सामा गण्डक नहरको व्याकअपको रुपमा रहेको तिलाबे व्यारेजको संरचना क्षतिग्रस्त भएको छ । साथै उक्त व्यारेजसँगै रहेको पुल पनि क्षतिग्रस्त भएको छ । पर्सामा मात्रै करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    बारामा फेटा गाउँपालिकामा नहरको करिब साढे ३ सय मिटर लम्बाई डिल भास्सिएर नहर पुरिँदा करिब २ करोड बराबरको क्षति भएको छ । कलैया उपमहानगरपालिका–२२ बसतपुरमा पनि करिब १५ मिटर नहरको डिल भास्सिएर करिब ७५ लाख बराबरको क्षति भएको छ । बाराकै आदर्श कोतवाल गाउँपालिकामा नहरमा पानीको तीब्र प्रवाहले नहर गेट भत्किएको छ । बाराकै सिम्रौनगढ नगरपालिकाको गंगानगरमा करिब १५ मिटर नहरको उत्तरी डिल भास्सिएको छ ।

    रौतहटको राजपुर गाउँपालिकाको कोपुवामा करिब ७५ मिटर लामो नहरको पक्की एप्रोच सडक बगेर नहरमा करिब ४० फिट खाल्डो भएको छ । ‘समग्रमा तीन वटै जिल्लामा गरी झण्डै १० करोड बराबरको क्षति भएको छ,’ उनले भने, ‘भत्किएका संरचना तत्कालै मर्मत सम्भार गर्न कार्यालयसग आफ्नो बजेट छैन । संघीय जलस्रोत तथा सिँचाइ विभागले बजेटको व्यवस्थापन गर्नु पर्ने अवस्था छ ।’

    आउँदो गहुँ बाली सिजनमा नहरमा पानी प्रवाह गर्न हाल भत्किएका नहरका मुख्य र सहायक संरचनाहरुको मर्मत सम्भार तथा व्यवस्थापन नगरी सम्भव नरहेको साह बताउँछन् । ‘समय अत्यन्त कम छ, तत्कालै बजेट निकासा गरी नहरको मर्मत सम्भार र व्यवस्थापन गरिएन भने हिउँदमा ३ वटै जिल्लाका किसानले गण्डक नहरबाट गहुँ बाली सिञ्चित गर्न सक्दैनन्,’ उनले भने, ‘यसले गहुँ बालीको उत्पादननै घट्न सक्छ ।’

    नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक व्यारेजबाट यो नहरमा पानी आउने गर्छ । उक्त व्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन् । दोन नहर भारतमै ९२ किमी यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपाल तर्फ ८१ किमी रहेको छ ।

    सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा,बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑