वीरगञ्ज । हिन्दूहरूको महान् चाडपर्व दशैं, तिहार तथा छठको पावन अवसरमा आज वीरगञ्ज महानगरपालिका वडा नं १०, आदर्शनगरस्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा निःशुल्क कपडा वितरण गरिएको छ ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको आयोजना र वीरगञ्ज कपडा बैंकको सहयोगमा कपडा वितरण गरिएको हो । कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए । कार्यक्रममा समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
आशा किरण केन्द्र वीरगञ्जकी नुतन सरावगी, समाजसेवी दिलिपराज कार्की लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सदस्यहरुको उपस्थितती रहेको थियो ।
निःशुल्क कपडा वितरण कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गका मानिसहरूलाई राहत पु¥याउने उद्देश्य लिएको छ । कार्यक्रममा सहभागीहरूले समाजसेवा र आपसी सहयोगको महत्वबारे आफ्ना विचार व्यक्त गरेका थिए ।
यस प्रकारका कार्यक्रमहरूले समुदायमा आपसी सद्भाव, सहयोग, र सहकार्यलाई थप सुदृढ गर्ने विश्वास कार्यक्रमका आयोजकहरूले व्यक्त गरेका छन् ।