• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको ठोरीमा बाघ र हात्तीले आतंक मच्चाउँदा स्थानीयबासी त्रसित

  • वीरगंज संजाल
  • १९ आश्विन २०८१, शनिबार १३:००
  • ८२१

    वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा अहिले एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीयबासी त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको ठोरी गाँउ पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी—१ का चिरन्जिवी सापकोटा बताउँछन् ।

    किसानको धान बाली पाक्न थालेपछि हात्ती धान खान आउने गरेको उनले बताए । ‘पालिकाको ५ वटै वडामा २ सातायता निकुन्जहरुबाट आउने हात्तीले आतंक मच्चाएका छन्,’ उनले भने, ‘पछिल्लो केही दिन यता वडा नंबर २ इच्छानगर र बुद्धनगर तथा वडा नंबरर ३ ब्रम्हानगरमा हात्तिले बढी सताएका छन् ।’

    हात्ती ६ देखि ७, ८ देखि १२ र २० देखि २५ वटाको संख्यामा बगालमै आउने गरेको उनले बताए । कुनै हात्ती एक्लै पनि आएर धान बाली नष्ट गर्ने गरेको छ । हात्ती धपाउने परम्परागत तरिकाबाहेक स्थानीयसँग कुनै उपाय नरहेको उनले बताए । त्यसैगरी, झण्डै २ महिनादेखि वडा नंबर १ को इच्छानगर र चौतारा, वडा नंबर ३ ब्रम्हानगर र वडा नंबर ५ सुवर्णपुर क्षेत्रमा बाघलेपनि आतंक मच्चाएको छ । पालिकाभरि निकुन्जनजिक रहेको मानव बस्तीमा २ देखि ३ वटा बाघ प्रवेश गरेर स्थानीयको चौपाया खाने गरिरहेको छ ।

    वडा नंबर ३ ब्रम्हानगरका सेते गोलेले बुधबार राति १० बजे बाघले आफ्नो खोरबाट एकै साथ २ वटा बाघ खाएको बताए । अन्य स्थानीयको समेत गरी दर्जन बढी खशि बाख्रा यहा मात्रै बाघले खाएको छ । स्थानीय रामबहादुर आले मगरले धेरै स्थानीयले हुलाकी सडक खण्डको शिकारीबास पुल छेउछाउ सडकमै सम्साझै बाघ देखेको बताए । बाघले मोटरसाइकल चालक देखि टेम्पो चालक समेतलाई झम्टिने गरेको उनले बताए ।

    उक्त पुल आसपासको क्षेत्र चितवन र पर्सा निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भको समेत संगमस्थल रहेको र शिकारीबास खोला वन्यजन्तुको परम्परागत जैविक मार्ग समेत रहेकाले त्यस क्षेत्रमा वन्यजन्तुको आवागमन बढी हुने गरेको छ । स्थानीय बासिन्दा तथा शिकारीबास मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव रखेश आले मगरले बाघले कतिपय स्थानीयको बाख्रा खाएर खोरनै रित्तो पारिसकेको बताए । आफूले समितिलाई बाघ आतंक र बाघले गरेको क्षतिको पूर्ति गर्न सूचित समेत गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑