• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशभर पानी परीक्षणका लागि टोली खटाउन खानेपानी मन्त्री यादवको निर्देशन

  • वीरगंज संजाल
  • १५ आश्विन २०८१, मंगलवार १५:२६
  • ८०५

    वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ ।

    अविरल वर्षाका कारण आएको बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवं ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

    उहाँले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धीकरणका लागि आवश्यक ‘ब्लिचिङ पाउडर’, पीयूष, ‘एक्वा ट्याब’ वितरण गर्न निर्देशन दिनुभएको मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।

    मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखाको समन्वय र सहजीकरणमा काठमाडौँका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

    सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गर्नु भई मन्त्री यादवले पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाडौँका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो ।

    बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको ‘इलेक्ट्रोमेकानिकल’ शाखामा रहेका महत्त्वपूर्ण उपकरण डुबेर क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आङ्कलन अनुसार, बाढीले एक अर्बभन्दा बढीको सम्पत्तिमा क्षति पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑