काठमाडौँ — सुरक्षा र न्याय अध्ययन केन्द्र को १६ औं साधारण सभा सम्पन्न भएको छ । केन्द्रको अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहको अध्यक्षतामा बिहीबार भएको साधारण सभामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका वर्तमान तथा पूर्व महानिरीक्षकहरु, केन्द्रका संस्थापक सदस्यहरु सहभागी थिए ।
साधारण सभामा पूर्व कानुन तथा संसदीय मामिला मन्त्री तथा पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, सशस्त्र प्रहरी माहानिरीक्षक राजु अर्याल, निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई, प्रहरी महानिरीक्षक मञ्चका संयोजक पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरा, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत, प्राध्यापक सुवास केसी लगायतले केन्द्रलाई सुरक्षा र कानुनको अध्ययन एवं सोधकार्य गर्ने थिंक ट्यांकको रुपमा अघि बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा केन्द्रले आगामी दिनहरुमा आन्तरिक सुरक्षा, नागरीक सुरक्षा, विपद व्यवस्थापन, जलवायु परिवर्तन, लागु औषध समस्या, सडक सुरक्षा, सिमा सुरक्षा लगायत क्षेत्रमा अध्ययन, अन्वेषण, अन्तर्कृया तथा सत्य निरुपण र मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्ने लगायतका कार्यहरु सञ्चालन गरिने सम्बन्धमा जानकारी दिईएको थियो ।