• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

  • वीरगंज संजाल
  • १० आश्विन २०८१, बिहीबार १५:३४
  • ६०९

    वीरगंज | बाराको कलैया उपमहानगरपालिका–४ अदालत सडकछेउमै डोम समुदायको सानो बस्ती छ । २५ परिवारको त्यही बस्तीकी बालिका हुन्– १७ वर्षीया किरण मली डोम । उनी निरक्षर छिन् । विद्यालयसम्म पुग्नै नपाएकी उनले घरमा बुवाआमाको पुख्र्यौली पेसालाई सघाउँदै चुलोचौको सम्हाल्दै बसेको बताइन् ।

    किरणकै समकालीन साथीहरू १५ वर्षीया माधुरी, १८ वर्षीया चन्दनसमेत विद्यालय पुग्न पाएका छैनन् ।डोम बस्तीमा यतिको उमेरका किरण, माधुरी, चन्दन मात्रै होइन, ८ देखि १० जना किशोरकिशोरीले विद्यालयको मुखै देख्न नपाएको किरणले सुनाइन् । ‘पढ्ने इच्छा भए पनि सामाजिक र शैक्षिक वातावरण भएन । अब त ठूला भयौं, विद्यालय जानै लाज लाग्छ,’ उनले भनिन्, ‘बस्तीका स–साना अन्य भाइबहिनी पनि विद्यालय जान पाएका छैनन् ।’

    उक्त बस्तीको पश्चिम–पूर्वमा रामपुरखेस्राहा र पश्चिम कलैया गाउँमा विद्यालय छन् । यस बस्तीबाट विद्यालय आधा किमिको दूरीमा रहेका छन् । तर, बस्तीका किशोरकिशोरी त के ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकासमेत विद्यालय जाँदैनन् ।

    ६० वर्षीय शम्भु मली डोमका अनुसार यस बस्तीका पढ्ने उमेरका स–साना बालबालिकादेखि किशोरकिशोरीसमेत गरी ५० जनाको हाराहारीमा विद्यालय पुगेका छैनन् । ‘यस बस्तीका धेरैले ५ कक्षासम्म पनि पढेका छैनन् । धेरैलाई त आफ्नो नाम र ठेगाना लेख्न समेत धौ धौ हुन्छ,’ उनले भने । विद्यालयमा छुवाछूतजस्तो जातीय विभेद पनि रहेको र त्यस कारण पनि कतिपय बालबालिका विद्यालय नगएको उनले सुनाए । ‘बस्तीमा साक्षरताका लागि विद्यालय भर्ना अभियान लिएर पनि कोही आउँदैनन्,’ उनले भने, ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि पनि चुनावपछि फर्केर बस्तीमा आएका छैनन् ।’

    बस्ती नजिकैको नमुना विद्यालययमा लामो समयदेखि प्रधानाध्यापक रही एक साताअघि यहाँबाट सरुवा भएका शिक्षक सुकदेव साहले डोम बस्तीका बालबालिकाको विद्यालयमा नामांकन भए पनि पढ्न नआउने गरेको स्वीकारे । बस्तीसम्म सहज आउजाउ गर्न सडक सुविधा पनि छैन । व्यक्तिगत जमिनलाई बाटोका रूपमा प्रयोग गर्दै बस्तीसम्म आउजाउ गर्नुपर्ने उनले बताए ।

    कलैया उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख प्रल्हाद वर्णवालले बस्तीमा भर्ना अभियान चलाएको दाबी गरे । तर विद्यालयसम्म बालबालिकालाई पु¥याउने जिम्मेवारी अभिभावक, वडाध्यक्षलगायत जनप्रतिनिधिको भएको उनले सुनाए । ‘विद्यालयसम्म पु¥याउन वातावरण बनाउने जिम्मेवारी त्यस वडाका वडाध्यक्ष र प्रअको हो,’ उनले भने, ‘अभिभावक वर्गमा चेतनाको अभाव र बालबालिकाको रुचिमा कमी भएकाले उनीहरू विद्यालयसम्म पुग्न नसकेका हुन् ।’

    बस्ती रहेको वडा नम्बर ४ का वडाध्यक्ष रामेश्वर यादवले विद्यालय नगएको गुनासो आफूकहाँ नआएको बताउँछन् । ‘मेरो वडामा सामुदायिक विद्यालय छैनन्,’ उनले भने, ‘बालबालिका निजीमा पढ्न चाहे वा अभिभावकले पढाउन चाहेमा पहल गर्नेछु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑