• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरबाट ९ जना थुनुवा प्रहरी हिरासतबाट फरार

  • वीरगंज संजाल
  • ७ आश्विन २०८१, सोमबार ११:४९
  • ८६५

    वीरगंज | जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन्। सोमबार बिहान करिब सवा ३ बजे हिरासत कक्षको भेन्टिलेशन फोडेर उनीहरू भागेका हुन्।

    जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, फरार भएकाहरू लागू औषध र चोरी मुद्दाका अभियुक्त हुन्। हिरासतमा रहेका १० जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने अरू ९ जना फरार भएका छन्। थुनुवाहरूले नयाँ भवनको १० फिटमाथि रहेको भेन्टिलेशनको रड ह्याक्सो ब्लेड प्रयोग गरेर काटी भागेका थिए।

    यो घटनाले थुनुवा कक्षमा सुरक्षा व्यवस्थामा ठूलो त्रुटि रहेको देखाएको छ। चौबिसै घण्टा प्रहरीको निगरानी र सिसिटिभीको उपस्थितिमा पनि रड काट्न समय लाग्दा समेत प्रहरीलाई थाहा नहुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

    नागरिक समाजका अगुवा महाशंकर ठाकुरका अनुसार, यस्तो संवेदनशील स्थानमा यति ठूलो लापरवाही हुनु गम्भीर चिन्ताको विषय हो। हिरासत कक्षसम्म ह्याक्सो ब्लेड पुग्नु, रड काट्न समय लाग्ने भए पनि प्रहरीको सुइँको नपाउनु शंकास्पद रहेको उनको भनाइ छ।

    यस घटनापछि प्रहरीले फरार थुनुवाहरूको खोजी कार्यलाई तीव्र बनाएको छ भने सीमा क्षेत्रमा समेत निगरानी कडा पारिएको छ।

    थुनुवा फरार भएको घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा सुरक्षा व्यवस्थामा लापरवाहीबारे अनुसन्धान सुरु गरिएको छ। प्रहरी स्रोतले फरार भएका थुनुवाहरूको खोजीका लागि विभिन्न ठाउँमा सर्च अभियान चलाइरहेको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ।

    प्रहरीका अनुसार फरार थुनुवाहरूले कसरी ह्याक्सो ब्लेड प्राप्त गरे र कसरी प्रहरीको ध्यानबिना भेन्टिलेशनको रड काटेर भाग्न सफल भए भन्नेबारे गहन छानबिन भइरहेको छ। घटनाको गम्भीरताका कारण उच्च अधिकारीहरूले पनि यसबारेमा ध्यान दिएका छन् र दोषी ठहरिने प्रहरी कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।

    सुरक्षा चुनौतीका रूपमा यस घटनाले धनुषा जिल्लामा प्रहरीको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ। नागरिक समाजले प्रहरीको सजगता र सतर्कतामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

    यसैबीच, भागेका थुनुवाहरूको पहिचान गरी चाँडै पक्राउ गरिनेमा प्रहरी विश्वस्त रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑