• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज बसपार्कमा २५० बिरुवा रोपण

  • वीरगंज संजाल
  • ७ आश्विन २०८१, सोमबार ११:४४
  • ७२१

    वीरगन्ज–१६ नयाँ बसपार्क परिसरमा साहिब दरबार पर्साको आयोजनामा २५० वटा बिरुवा रोपण गरिएको छ। साहिब दरबारको पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा लगाइएका हुन्।

    वृक्षारोपण कार्यक्रममा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पनि समन्वय गरेको थियो। प्रमुख अतिथि साहिब दरबारका पुज्य सरकार महाराज र विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमको अध्यक्षता साहिब दरबार पर्साका अध्यक्ष उमेशलाल सहनीले गरेका थिए। कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौधरी, ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतान र वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतको सहभागिता थियो।

    वृक्षारोपणको यस कार्यक्रमले हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा योगदान पुर्याउने विश्वास लिइएको छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुज्य सरकार महाराजले वातावरण संरक्षण आजको आवश्यकता भएको भन्दै यस्ता अभियानहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। मेयर राजेशमान सिंहले महानगरले पनि हरियालीलाई प्राथमिकतामा राखेको र भविष्यमा वृक्षारोपण तथा पर्यावरणीय कार्यक्रमहरूमा सहकार्य गर्न सधैं तयार रहेको बताउनुभयो।

    भारतीय महावाणिज्यदूत देवीसहाय मीनाले दुई देशबीचको सम्बन्धलाई वातावरणीय गतिविधिहरूले थप बलियो बनाउने उल्लेख गर्दै यस्ता पहलहरूले सीमावर्ती क्षेत्रको वातावरणलाई सुधार गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।

    वृक्षारोपणपछि सहभागीहरूले बसपार्क क्षेत्रको सरसफाइमा पनि योगदान पुर्याएका थिए। यो अभियानले स्थानीय समुदायलाई वृक्षारोपण र सरसफाइमा संलग्न गराई वातावरणीय सचेतना फैलाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

    यस किसिमका कार्यक्रमहरूले हरियाली कायम राख्न र नगरको सौन्दर्य बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑