• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राउत दम्पतीबीचको विवाद प्रहरीमा पुग्यो, अदालतमा पनि सामना हुने

  • वीरगंज संजाल
  • ७ आश्विन २०८१, सोमबार १०:५८
  • ९०९

    वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) की पत्नी सोनी सिन्धु रानीले आफ्नो सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। प्रारम्भमा प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरे पनि आइतबार उक्त निवेदन दर्ता भएको छ।

    रानीले आफ्ना श्रीमानले बारम्बार धाकधम्की र ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छन्। बिहीबार प्रहरी प्रभाग इमाडोलमा सुरक्षाका लागि निवेदन दिन गएकी रानीलाई प्रहरीले शुक्रबार पुनः बोलाए पनि निवेदन आइतबार मात्र दर्ता भएको हो।

    रानीले श्रीमान राउतले आफूमाथि मानसिक यातना दिने गरेको र बच्चाहरूसँग पनि छुट्याउने धम्की दिने बताइन्। उनले भनेकी छन्, “श्रीमानले विभिन्न प्रकारका धम्की दिइरहेका छन्। मैले प्रहरीमा सुरक्षाको लागि दिएको निवेदन बल्ल दर्ता भएको छ।”

    अध्यक्ष राउतले भने पत्नी रानीसँग सम्बन्ध विच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। राउतकी पत्नीले भने अहिले श्रीमानलाई छाड्ने मनस्थितिमा नरहेको बताउँदै आएकी छन्। उनले अदालतमा राउतले दायर गरेको मुद्दाको प्रतिउत्तर दिने तयारीमा रहेको जानकारी दिएकी छन्।

    राउत दम्पती हाल एउटै भवनको फरक तल्लामा बसिरहेका छन्, भने तीन सन्तान आमा रानीसँग छन्।

    राउतको मुद्दा सार्वजनिक भएपछि यसले उनको राजनीतिक करियरमा पनि प्रभाव पार्न सक्ने बताइएको छ। जनमत पार्टीका एक नेताले भने, “डा. राउत सार्वजनिक पदमा रहेका व्यक्ति भएकोले पारिवारिक विवादले उनको छविमा नकारात्मक असर पर्न सक्छ।” यो पारिवारिक विवाद अदालतमा विचाराधीन रहेको छ भने सहमतिको प्रयास जारी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑