• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय प्रतिबद्ध

  • वीरगंज संजाल
  • ६ आश्विन २०८१, आईतवार १२:४५
  • ६९३

    वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) ले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।

    आइतबार पर्सा जिल्लाको पर्सागढी नगरपालिका – ८ हरपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल गर्नुहुँदै मन्त्री यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको हो ।

    जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले भन्नुभयो, “जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ । हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ र मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”

    जसपा नेपालसँग अल्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको बताउँदै उहाँले थप्नुभयो, “उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो । उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ । मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ ।”

    पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहनुभएका यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्नुभएको थियो । उहाँले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

    कार्यक्रममा बोल्दै युवा नेता तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको स्पष्ट पार्दै भन्नुभयो, “जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ । पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरेँ ।” 

    अहमदले थप्नुभयो “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ । उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।”

    कार्यक्रममा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै पर्सागढी – ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी नेताहरूले पार्टीको सङ्गठनलाई बलियो बनाउन सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा मन्त्री यादवले पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “पार्टीको सङ्गठन सुदृढ पार्न र मुलुकको समृद्धिका लागि हामी सबैले एकजुट भएर अघि बढ्नुपर्छ । स्थानीय समस्याहरूलाई समाधान गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न हामी निरन्तर लागिपर्नेछौँ ।”

    कार्यक्रममा वीरगञ्ज – १३ का पूर्व वडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाज बाबु राँकी, डा. आमिर आलम, आमिर मन्सुरीलगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑