• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण, पाँचजना संक्रमित

  • वीरगंज संजाल
  • ४ आश्विन २०८१, शुक्रबार ११:१७
  • १७८५

    वीरगंज | पर्साको ग्रामीण भेगमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। विशेषगरी पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा संक्रमण बढिरहेको छ। पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवका अनुसार दैनिक एक वा दुई जना बिरामीमा डेङ्गी संक्रमण पुष्टि भइरहेको छ।

    डा. यादवले अस्पतालमा दैनिक करिब २०० जना बिरामीहरूको चेकजाँच हुने गरेको जानकारी दिँदै, तीमध्ये केही बिरामीमा डेङ्गीका लक्षण फेला परेको बताए। अस्पतालले रगत परीक्षण गरी डेङ्गी पुष्टि भएका बिरामीहरूलाई तत्काल उपचारको व्यवस्था गरेको छ।

    पछिल्लो एक हप्ताको अवधिमा पोखरिया अस्पतालमा पाँचजना बिरामीमा डेङ्गी संक्रमण पुष्टि भएको छ। ज्वरोका बिरामीहरूको परीक्षण गर्दा थप डेङ्गी संक्रमित फेला पर्ने सम्भावना रहेको अस्पतालले जनाएको छ।

    ग्रामीण क्षेत्रमा फैलिएको डेङ्गीले स्वास्थ्यमा गम्भीर चुनौती उत्पन्न गरेको छ। रोकथामका लागि तत्काल प्रभावकारी उपायहरू अपनाउनुपर्ने डा. यादवको सुझाव रहेको छ।

    डा. अनिल यादवका अनुसार ग्रामीण क्षेत्रमा सफाइको अभाव, लामखुट्टेको संख्या वृद्धि, र जनचेतनाको कमीका कारण डेङ्गी तीव्र रूपमा फैलिएको हो। अस्पतालले डेङ्गीको लक्षण देखिएका बिरामीलाई नियमित जाँच र औषधि उपचार उपलब्ध गराउँदै आएको छ।

    डेङ्गी नियन्त्रणका लागि पोखरिया नगरपालिका र अन्य स्थानीय निकायहरूले फोहरमैला व्यवस्थापन, लामखुट्टेको प्रजननस्थल हटाउने, र सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाएका छन्। विशेष गरी वर्षात्को समयमा पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टे नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

    यसैबीच, समुदायमा डेङ्गीको बारेमा जनचेतना अभिवृद्धि गर्न र संक्रमण फैलिन नदिन स्थानीय अस्पताल र स्वास्थ्यकर्मीहरूले विभिन्न सचेतना कार्यक्रमहरूको तयारी गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूले डेङ्गीको प्रारम्भिक लक्षण देखिने बित्तिकै अस्पताल पुग्न आग्रह गरेका छन्। यस किसिमको संक्रमण नियन्त्रण नगरे स्थिति थप जटिल बन्न सक्ने भएकाले स्थानीय तहले पनि सक्रियता देखाउनुपर्नेमा जोड दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑