• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका व्यवसायीलाई बागमतीमा लगानीको आग्रह

  • वीरगंज संजाल
  • ४ आश्विन २०८१, शुक्रबार १०:५८
  • ९३७

    वीरगंज | बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पर्साका उद्योगी व्यवसायीलाई बागमती प्रदेशमा लगानी गर्न आग्रह गर्नुभएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा बिहीबार आयोजित छलफल कार्यक्रममा उहाँले बागमती प्रदेशमा उद्योग विस्तारका लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण तयार गरेको बताउनुभयो।

    मन्त्री काफ्लेले आवश्यक पूर्वाधार निर्माण र कानुनी सहजीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै, बागमती प्रदेश लगानीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले उद्योगी व्यवसायीलाई आकर्षित गर्न सरकारले सम्पूर्ण सहयोग गर्ने बताउनुभयो।

    उहाँले पर्साका उद्योगी व्यवसायीले भोगिरहेका समस्याहरू समाधान गर्न बागमती प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मधेश प्रदेशसँग पनि समन्वय गरेर समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो।

    कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले वर्तमान आर्थिक मन्दीको सामना गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार देशभर निराशा छाएको अवस्थामा सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न सकेमात्रै समस्या समाधान सम्भव छ।

    त्यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राजस्व वृद्धि गर्न दर बढाउने मात्र होइन, राजस्वको दायरा विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा संघका उपाध्यक्ष मनोज दास र बागमती प्रदेशका योजना सचिव कृष्ण मैनालीलगायतले पनि आ-आफ्ना विचार राखेका थिए।

    कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले बागमती प्रदेशमा लगानीको अवसरबारे चासो व्यक्त गरेका थिए। मन्त्री काफ्लेसँगको छलफलले बागमती प्रदेशको औद्योगिक वातावरणबारे थप जानकारी प्राप्त भएको र यसले नयाँ लगानीका सम्भावनाहरू खोल्न सहयोग पुर्याउने उद्योगीहरूको भनाइ थियो।

    बागमती प्रदेशमा उद्योग तथा कलकारखाना विस्तारका लागि चाहिने कानुनी र प्राविधिक सहजीकरणप्रति व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। साथै, वीरगञ्ज उद्योग वाणिज्य संघले मुलुकको समग्र आर्थिक सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्यायो।

    यो छलफलले पर्साका उद्योगीहरूलाई बागमती प्रदेशमा सम्भावित लगानीका अवसरहरूबारे प्रस्ट जानकारी प्रदान गरेको छ भने, बागमती प्रदेश सरकारको लगानीमैत्री दृष्टिकोणले व्यवसायीहरूलाई नयाँ क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑