• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा विद्युतीय गाडीको माग

  • वीरगंज संजाल
  • ३१ भाद्र २०८१, सोमबार १३:५२
  • १३५३

    वीरगञ्ज । रौतहटको चन्द्रपुरबाट पनि चौधरी ग्रुपअन्तर्गत सिजी मोटरले नेपालमा पहिलो पटक ल्याएको विद्युतीय कारको बिक्रिवितरण शुरु भएको छ । मधेश प्रदेशलाई लक्षित गर्दै रौतहटको चन्द्रपुरमा पनि विद्युतीय कारको मधेश प्रदेशको आधिकारीक बिक्रेता मिनोल्टा इन्भेष्टमेन्टले विक्री कक्ष (शोरुम) सञ्चालनमा ल्याएको हो ।

    चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ ले उत्पादन गरेको नेटा भी कार र केवाईसी भी – ५ इलेक्ट्रिक भ्यान अब रौतहटको चपुरबाट पनि बिक्रिवितरण हुने भएको छ ।

    शोरुमको सोमवार औपचारिक रुपमा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले उद्घाटन गरेका हुन् । मिनोल्टा इन्भेष्टमेन्टका सञ्चालकद्वय आकृति अग्रवाल र अंकित अग्रवालको सयुँक्त अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख काफ्लेले वातावरणमैत्री विद्युतीय गाडीको सदुपयोगलाई बढाउनुपर्नेमा जोड दिए । व्यक्तिगत र सार्बजनिक रुपमा प्रयोजनका लागि नेटा भि र केवाइसी गाडी उपयोगी हुने उनको विश्वास छ ।

    सञ्चालक आकृति अग्रवालले पनि वातावरणमैत्री नेटा भी मोडलको कार र केवाईसी भ्यानको विकल्प नभएको दावी गरीन् । उनकाअनुसार अब युगमा विकाससँगै सबैले विद्युतीय सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि विश्वसनीय एवम् गुणस्तरीय नेटा भी नै रहेको अग्रवालको भनाई छ ।

    नेटा भी मोडल कारको क्रसओभरमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात डेढ लाख किलोमिटरको वारेन्टी प्रदान गर्नेछ । फूल चार्जमा ३ सय ८० किलोमिटरभन्दा धेरै रेञ्ज प्रदान गर्ने प्रमुख अंकित अग्रवालको भनाई छ ।

    विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री यस कारमा प्रयोग भएको छ । विगत ४ वर्षमा लगातार चार मोडल उत्पादन गरेको होजनको नेटा भी ४ मिटर साइजको इलेक्ट्रीक एसयूभी कार हो । क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टू स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो ।

    नेटा भी कारको मूल्य ३७ लाख ९९ हजार रुपैँया रहेको छ । कम्पनी स्रोतका अनुसार फूल अप्सन नेटा भी अहिले बजारमा चल्तीको इलेक्ट्रीक कार नेक्सन इभी भन्दा कम मूल्यमा उपलब्ध छ । नेटा भीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यस कारको ह्वीलवेस २४२० एमएमको रहेको छ ।

    नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ ।

    यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने अंकित अग्रवाल बताउँछन् । नेटा भी विद्युतीय कारसँगै चौधरी ग्रुपअन्तर्गतकै चांगनको इलेक्ट्रीक भ्यानको पनि शोरुमबाट विक्रीवितरण हुनेछ । कम्पनीले प्यासेन्जर कारमा नेटा भीपछि लाइट कमर्शियल सेग्मेन्टमा माइक्रोबस ल्याएको हो ।

    छोटो दूरीमा चल्ने माइक्रोबसको रुपमा सिजी मोटर्सले चांगन भी–५ बाट माइक्रोबस विक्री शुरु गरेको हो । केवाइसी भ्यान छोटो दूरीमा सञ्चालनका लागि उपयुक्त छ, त्यस्तै विद्यालय र विभिन्न फर्महरुले आफ्नो कर्मचारीलाई ओसारपसार गर्न पनि प्रयोग गर्नका लागि केवाइसी भ्यान उत्तम विकल्प हुन सक्ने उद्घाटन कार्यक्रममा सहभागि वक्ताहरुले बताए ।

    चांगन भी–५ मा ४१.८६ किलोवाट आवर क्षमताको सिएटीएलले उत्पादन गरेको ब्याट्री दिइएको छ । यसलाई फुलचार्जमा ३ सय किलोमिटर चलाउन सकिने सिजीले जनाएको छ । ११ जना यात्रुले आरमदायी यात्रा गर्न सक्ने यो माइक्रोबसको सञ्चालन लागत अत्यन्त न्यून पर्ने छ ।

    चांगन भी–५ मा स्टाण्डर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर रहेको छ । साथै, कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ । यसले डिसी फास्ट चार्जपनि सपोर्ट गर्नेछ । यसमा सीसीएसटु चार्जिङ पोर्ट दिइएको छ । अधिकतम १ सय किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्ने यो माइक्रोबसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

    सिजी मोटर्सले ४४ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको छ । साथै, एक वर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनीले दिने मिनोल्टा इन्भेष्टमेन्ट प्रालीकी प्रमुख आकृती अग्रवालले बताइन् । उनकाअनुसार अहिले २० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा पनि नेटा भी कार र केवाइसी भ्यान उपलब्ध छन् ।

    नेपालमा भित्रिएको छोटो समयमै यि दुवै गाडी धेरै रुचाइएका छन् । ग्राहकहरुको सकारात्मक प्रतिक्रियाले नै रौतहटमा पनि शोरुम खोलेरै सञ्चालन गर्ने ऊर्जा पलाएको सञ्चालक अग्रवाल बताउँछन् । उनकाअनुसार मधेश प्रदेशमा दुवै गाडी धेरै रुचाइएको छ । यसको डिजाइन र विशेषता पनि यहाँको बजारको आवश्यकता लाई पूर्ति गर्ने हिसाबले बनाइएको उनको दावी छ ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजकुमार राई, रौतहट उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल कुमार साह, विद्युत प्राधिकरण चन्द्रपूरका प्रमुख धिरेन्द्र कुमार यादव, चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रवी रानामगर, जिल्ल ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकन्द्र अधिकारी, पत्रकारहरु अशोक पहाडी, रमेश तिमिल्सीना, सन्तोष काफ्ले, मनोज साह लगायतको उपस्थिती रहेको थियो ।

    यसअघि वीरगञ्जमा पनि यसको शोरुम सञ्चालनमा आइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑