वीरगन्ज । वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड वीरगञ्जले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै मानवसेवा आश्रम वीरगञ्जमा खाद्यान्न सामग्री वितरण गरेको छ। यस कार्यक्रममा कम्पनीका कर्मचारीहरू, स्थानीय समुदायका सदस्यहरू र मानवसेवा आश्रमका प्रतिनिधिहरूको उपस्थिति थियो।
खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत आश्रममा आश्रित व्यक्तिहरूका लागि चामल, चनाका दाल, ग्लुकोज, कपालको तेल, मास्क, र श्याम्पु लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ। आश्रमका प्रतिनिधिहरूले वर्ल्डलिंक कम्युनिकेशनको यस कदमप्रति आभार व्यक्त गर्दै, यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
वर्ल्डलिंक कम्युनिकेशनले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको र यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यस अवसरमा कम्पनीका प्रमुखहरूले समाजप्रति आफ्नो जिम्मेवारी बहन गर्नु मात्र नभई, अन्य संस्थाहरूसमेत यस्ता सेवामूलक कार्यमा सहभागी हुन प्रोत्साहित गरिने बताए।
यस प्रकारको सामाजिक कार्यले वर्ल्डलिंक कम्युनिकेशनको समाजप्रतिको उत्तरदायित्व मात्र होइन, सहयोग र सद्भावको भावना पनि उजागर गरेको छ। समाजमा सेवा र सहयोगका कार्यहरूलाई निरन्तरता दिँदै, यसले सकारात्मक परिवर्तनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।