वीरगंज । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान गरिनेछ। संयुक्त अभ्यास काठमाडौं, मकवानपुर, र धादिङमा आयोजना हुनेछ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि यो अभ्यास सञ्चालन हुँदै आएको हो। यस वर्षको अभ्यास असोज ४ गते सम्पन्न हुनेछ।
यो संयुक्त अभ्यासले नेपाली सेना र अमेरिकी सेनाबीचको सहकार्यलाई थप सुदृढ पार्दै विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यो अभ्यासले प्राकृतिक प्रकोप र अन्य विपद्को समयमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन योगदान पुर्याउनेछ।