• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राष्ट्रिय बाल दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र सडक नाटक प्रदर्शन

  • वीरगंज संजाल
  • २९ भाद्र २०८१, शनिबार १७:४०
  • १०७७

    वीरगञ्ज । आज ६० औँ राष्ट्रिय बाल दिवस वीरगञ्ज लगायत देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित दिवसका अवसरमा वीरगञ्जमा प्रभातफेरी निकाल्नुका साथै सडक नाटक प्रदर्शन गरिएको छ ।

    वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघर आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सहभागीहरुले ‘बाल संरक्षण, बालबालिकाको अधिकार, कसैले पनि नगरौँ दुव्र्यवहार’, ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’, ‘सुखी नेपाल, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ लगायतका नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।

    प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई आफूहरुले प्राथमकितामा राखेर योजना बनाउनुका साथै काम गरिरहेको बताए ।

    पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा महानगर सचेत रहेको उल्लेख गर्दै उनले लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति अंगिकार गरिएको समेत जानकारी गराए ।

    यस्तै महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रकै भविष्य निर्धारण गर्ने हुँदा त्यसमा वीरगञ्ज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए । बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको भन्दै उनले त्यसका लागि सबैसँग वीरगञ्ज महानगर हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

    उनले स्वास्थ्य तथा शिक्षामा बालबालिकाको पहुँच बृद्धि गर्दै उनीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न माद्यमिक तहसम्मको शिक्षा प्राप्तिमा महानगरले निशुल्क व्यवस्था मिलाएको पनि बताए ।

    कार्यक्रममा लागु पदार्थ दुव्र्यसन र बालविवाहका बारेमा सचेतना फैलाउने सडक नाटक समेत बालबालिकाहरुले प्रदर्शन गरेका थिए । वीरगञ्ज महानगरपालिकाको आयोजना तथा टिपिओ नेपाल, आवर संसार र लाइफ नेपालको सहकार्यमा आजको कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, माइती नेपालकी गोमा पौडेल, सामाजिक अभियन्ता अनिषकान्त कुशवाहा, लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    दिवसकै अवसरमा आइतबार (भोली) महानगरका प्रमुख र उपप्रमुखसँग बालबालिकाको अन्तरसम्बाद कार्यक्रम राखिएको महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रंजना पंडितले जानकारी दिइन् ।

    नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑