वीरगन्ज । डेसिमल कलेज वीरगन्जमा बीबीए (BBA) अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइ बनेको छ। यो कलेज सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको देशकै दोस्रो ठूलो सरकारी विश्वविद्यालय हो। डेसिमलको बीबीए डिग्री विश्वभर मान्यता प्राप्त छ। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत पर्ने भएकाले डेसिमल बीबीएलाई अन्य विश्वविद्यालयसँग बराबर तुल्याउनु पर्ने आवश्यकता छैन।
डेसिमल कलेजको बीबीए डिग्री प्राप्त गरेका विद्यार्थीहरू देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन्। यसले गर्दा यो डिग्री लिएका विद्यार्थीहरूले अरू विश्वविद्यालयको तुलनामा सजिलै रोजगारी पाउने अवसर प्राप्त गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालय आफैं ख्याति प्राप्त भएकाले यसको डिग्रीलाई छुट्टै परिचय वा व्याख्या गर्नु पर्ने अवस्था छैन।
यो विश्वविद्यालय अरू विश्वविद्यालयजस्तो अस्थिर नभएर आफ्नै घर-जग्गा र स्थायित्व बलियो रहेको छ। संघीय सरकारबाट ठूलो अनुदान प्राप्त हुने भएकाले पनि डेसिमल बीबीए स्थिर देखिएको छ। यस विश्वविद्यालयमा कम्प्युटर एप्लिकेसन र आर्टिफिसियल इन्टेलिजेन्समा विशेष जोड दिइएको छ, जसले गर्दा बीबीए डिग्री अद्यावधिक बजार रणनीतिमा आधारित रहेको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा प्रत्येक कक्षामा ३३ जनामात्रै कोटा तोकिएको छ, जसले गर्दा पठनपाठन शान्त र प्रभावकारी देखिएको छ। देशभर १६ भन्दा बढी आङ्गिक क्याम्पस रहेकोले डेसिमल बीबीए डिग्री अझ विद्यार्थीहरूको रोजाइमा परेको छ। यस कलेजको आफ्नै आधुनिक भवन, पूर्णतया वातानुकूलित कक्षा कोठाहरू, डिजिटल मोडमा सजिएका कक्षा कोठाहरू, ई-लाइब्रेरी, सेमिनार हल, रोजगार प्लेसमेन्ट सेल, कम्प्युटर ल्याब, वीरगन्जकै उत्कृष्ट संकायहरू जस्ता आकर्षणहरू अन्य कलेजको तुलनामा फरक रहेको छ।
डेसिमल बीबीए फुल स्कलरसिप स्किम ०८१
डेसिमल बीबीएमा भर्ना हुँदा विश्वविद्यालयअनुसार ६६ कोटा मध्य छात्रवृत्ति सहितको प्रवेश परीक्षामा उत्तीर्ण हुने मध्ये ६ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
बीबीएमा कलेजबाट प्राप्त हुने आन्तरिक स्कलरसिप
१.८-२.४९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा ५% छात्रवृत्ति (रु.२०,०००/-) प्रदान गरिनेछ।
२.५-२.९९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा १०% छात्रवृत्ति (रु.४०,०००/-) प्रदान गरिनेछ।
३-३.४९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा १५% छात्रवृत्ति (रु.६०,०००/-) प्रदान गरिनेछ।
३.५-४ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा २०% छात्रवृत्ति (रु.८०,०००) प्रदान गरिनेछ।
डेसिमल कलेज सेमेस्टर छात्रवृत्ति योजना २०८१
प्रत्येक सेमेस्टरमा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क अन्तर्गत २०% छात्रवृत्ति प्रदान गरिनेछ।
द्वितीय हुनेलाई १५% र तृतीय हुनेलाई १५% छात्रवृत्ति प्रदान गरिनेछ।
डेसिमल बीबीएमा प्रदान हुने निःशुल्क सुविधाहरू
१. ल्यापटप निःशुल्क २. IELTS निःशुल्क ३. अतिरिक्त कक्षा निःशुल्क ४. हरेक वर्ष टूर निःशुल्क ५. ओरिएन्टेसन र वेलकम निःशुल्क ६. ज्याकेट, झोला, खेलकुद, ईसीए पूर्णतः निःशुल्क
डेसिमल बीबीएमा भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न इच्छुक विद्यार्थीहरूले अब ढिला नगरी यस उत्कृष्ट अवसरको लाभ उठाउन सक्नेछन्।