• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एचआईभी संक्रमितलाई थप सुविधा वृद्धि गर्नुपर्ने सुझाव, नारायणी अस्पतालको एआरटी सेन्टरको सेवा प्रभावकारी बनाउन जोड

  • वीरगंज संजाल
  • २९ भाद्र २०८१, शनिबार १३:४८
  • ७२९

    वीरगन्ज | एचआईभी संक्रमितलाई प्रदान गरिने सुविधामा वृद्धि गर्न र वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको एआरटी सेन्टरको सेवा अझ प्रभावकारी बनाउन सरोकारवालाले सुझाव दिएका छन्। नेपाल सरकारसँग समन्वय गरी एचआईभी तथा यौनरोगको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एड्स हेल्थकेयर फाउन्डेशन (ए.एच.एफ) नेपालले जिल्ला समन्वय समिति पर्साको सभा कक्षमा आयोजना गरेको वीरगन्ज महानगर स्तरिय परामर्श समिति (एलपैक) को बैठकमा यस्तो सुझाव आएको हो।

    बैठकमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. एनामुल हकले, एचआईभी संक्रमितहरूको सहयोगका लागि स्थानीय तहमा बास्केट फन्ड बनाउने आवश्यकता औंल्याए। उनले सबै पालिका र संघसंस्थाको सहकार्यमा नारायणी अस्पतालको मातहतमा यो कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। डा. हकले भने, “सरकारी अस्पतालमा मात्र निर्भर रहनु हुँदैन, निजी अस्पतालहरूले पनि एचआईभी परीक्षण लगायतका सेवाहरू छुट र सहुलियत दरमा उपलब्ध गराउनुपर्छ। यसले संक्रमितहरूलाई बाहिर जानुपर्ने अवस्था नआउनेछ र उनीहरूले सस्तो तथा सर्वसुलभ दरमा सेवा पाउनेछन्।”

    वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले, महानगरपालिकाले एआरटी सेन्टरसँग समन्वय र सहकार्य गर्दै आएको जानकारी गराए। उनले भने, “एचआईभी संक्रमित सेवाग्राहीले एआरटी सेन्टरको सिफारिसमा नगरपालिकाबाट निःशुल्क परीक्षण सेवा लिन सक्ने व्यवस्था रहेको छ।”

    ए.एच.एफ नेपालकी कार्यकारी प्रबन्धक संगीता भट्टले, एचआईभी संक्रमितहरूको जीवनस्तर सुधार्न विभिन्न सहयोग कार्यक्रमहरूको संचालन भइरहेको जानकारी गराइन्। विशेष गरी ‘गर्ल एक्ट’ कार्यक्रममार्फत उनीहरूको जीविकोपार्जनमा सहयोग गरिरहेको संस्थाको कामको चर्चा गरिन्।

    बैठकमा ए.एच.एफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले, दीगो विकासका लक्ष्यलाई पूरा गर्न ए.एच.एफ नेपालले एचआईभी तथा यौनरोगसहितका बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको बताए। उनले भने, “नेपाल सरकारले तय गरेका सबै मापदण्डहरूलाई पालन गर्दै हामीले सरकारसँगै सहकार्य गरेर काम गरिरहेका छौं।”

    वीरगन्ज नारायणी अस्पतालको एआरटी सेन्टरमा कार्यरत काउन्सुलर रोशनी सर्राफले, हाल पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, धनुषा लगायतका जिल्लाबाट १,४१० जना संक्रमितले नियमित रूपमा सेवा लिइरहेको जानकारी गराइन्। उनले ए.एच.एफ नेपालको सहयोग र स्थानीय तहको सहकार्यले सकारात्मक परिणाम दिएको र एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिइन्।

    जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा सम्पन्न बैठकमा नारायणी अस्पतालका निमित्त मेसु डा. एनामुल हक, जनस्वास्थ्य कार्यालय पर्सा, वीरगन्ज महानगरपालिका र विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बैठकले एचआईभी संक्रमितको उपचार र सहयोगका लागि सरकारले थप पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑