• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशलाई शिक्षा, संस्कृति र आध्यात्मिक केन्द्र बनाउने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

  • वीरगंज संजाल
  • २८ भाद्र २०८१, शुक्रबार ११:०२
  • १०४१

    वीरगंज |मधेश प्रदेशका मुख्यमन्त्री एवम् राजर्षिजनक विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिँहले मानव सभ्यताको विभिन्न काल खण्डमा मधेश प्रदेश धार्मिक तथा आध्यात्मिक, सामाजिक तथा साँस्कृतिक एवम् वैज्ञानिक चिन्तनको महत्त्वपूर्ण केन्द्र रहँदैआएको बताएका छन् ।

    राजर्षिजनक विश्वविद्यालयको आठौँसभामा बोल्दै मुख्यमन्त्री सिँहले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाई तिनलाई भविष्यका असल नागरिकका रूपमा तयार गर्ने अतीतको वैभवपूर्ण, समृद्धशाली र गौरवयुक्त परम्पराको एउटा कडी राजर्षिजनक विश्वविद्यालय बन्नुपर्ने उल्लेख गरे ।

    उनले मधेश प्रदेशको राजधानी जनकपुरधाम प्राचीन मिथिलाको राजधानी पनि भएको भन्दै मिथिलाको ज्ञानपरम्पराबाट सम्पूर्ण पूर्वीय दर्शन, साहित्य र जीवनशैली प्रभावित रहँदै आएको स्मरण गरे । विदेहराज जनक, याज्ञवल्क्य, अष्टावक्र, मैथिली अर्थात् सीता, गार्गी, मैत्रेयीजस्ता विद्वानविदुषीहरूको तपोभूमि मधेशको भूगोलमा राजर्षिजनक विश्वविद्यालय स्थापित भएको थप्दै मुख्यमन्त्री सिँहले सो विश्वविद्यालयले सामान्य एकेडमिक शिक्षामात्र विनिमय नगरेर आत्मअनुशासन, विनम्रता र आध्यात्मिक चिन्तन तथा वृत्तिविकासका लागि पनि एउटा सशक्त र दुरगामी प्रभावको मार्ग कोर्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘मलाई विश्वास छ, तपाईँहामी मिलेर यो विश्वविद्यालयलाई एउटा यस्तो शैक्षिक केन्द्रका रूपमा विकास गर्नेछौँ, जहाँ चरित्र संरक्षणसँगै पढाइ समाप्तिपछि पनि विद्यार्थीमा सम्मान र कृतज्ञताको बोध रहिरहन्छ ।’ मुख्यमन्त्री सिँहले व्यक्तिमा सीपइलम विकसित गरेर आत्मनिर्भर बनाउने शिक्षापद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै योग्य, सक्षम र प्रतिस्पर्धी जनशक्ति निर्माण गर्नैपर्ने चुनौतीको सामना गर्न विश्वविद्यालयले आधुनिक शिक्षाका लागि परिस्कृत तथा जीवनोपयोगी पाठ्यक्रम र व्यवहारिक तथा कुशल सिकाइका लागि आवश्यक साधनस्रोतको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी रहेको औंल्याए ।

    उनले आफूहरू समयको त्यो दौरमा भएको जहाँ विस्तारै काम गर्ने छुट वा सुविधा नभएकाले हरेक कामलाई तीव्रता र तत्परतासँग गर्नुपर्ने बताउँदै विश्वविद्यालयले गर्नुपर्ने कार्यलाई सूची र समयबद्ध गरेर कार्यान्वयन गर्न सुझाए । नीतिगत, प्रशासनिक र संरचनात्मक विकासका पाटामा गम्भीरतापूर्वक ख्याल गरेमा विश्वविद्यालयका लागि आवश्यक काम गर्ने रूपरेखा तयार हुनेछ प्रस्ट्याउँदै उनले राजर्षिजनक विश्वविद्यालयलाई सिंगो देशकै लागि एउटा आदर्श शैक्षिक केन्द्र निर्माण गर्र्नु पर्ने बताए । बैठकको उद्घाटन प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गरेका थिए ।

    बैठकमा विश्वविद्यालयको आर्थिक, कार्यकारी परिषद् सदस्यमा भएको नियुक्ति अनुमोदन, शैक्षिक कार्यक्रम अनुमोदन, शैक्षिक कार्यक्रम सञ्चालन स्वीकृति अनुमोदन, सीप प्रमाणीकरण र छोटो अवधिको कार्यक्रम सञ्चालन, आंगीक क्याम्पस अनुमोदन, विश्वविद्यालय रणनीतिक योजनालगायतका प्रस्तावमाथि छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑