• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व मुख्यमन्त्रीको अनशनप्रति एमालेको टिप्पणी: संसद्को अपमान हुने गरी नौटंकी भयो

  • वीरगंज संजाल
  • २६ भाद्र २०८१, बुधबार १४:५८
  • ७८५

    वीरगंज | कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनलाई ‘नौटंकी’ को संज्ञा दिँदै मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्न सुझाव दिएको छ।

    बुधबार प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद तिलचन पाठकले (चिन्तन) ले पूर्व मुख्यमन्त्री कार्कीले सरकारले बालबालिकाको निःशुल्क उपचारको कार्यक्रम कटौती गरेको भनेर भ्रम फैलाएको आरोपसमेत लगाएका छन्।

    ‘सरकारले कार्यक्रम कटौती गरेको छैन, उपचार कार्यक्रम निरन्तर छ,’ उनले भने ‘बरु उहाँकै पालामा अस्पतालहरूले फर्जी बिल पेश गरेको कुरा आएको छ।’

    झापाका सांसद पाठकले पूर्व मुख्यमन्त्रीको अनशनलाई अराजक, असंसदीयसमेत भनेका छन्। ‘अहिले कोशी प्रदेशमा अराजक, अमर्यादित, अनुशासनहीन र असंसदीय गतिविधिले हामी लज्जित भएका छौं, यो अराजक हर्कतले संसदीय मूल्य मान्यताको धज्जी काढ्ने काम भएको छ,’ उनले भने ‘विशेषाधिकार समिति बनाएर यसको छानबिन गरेर कारवाही गर्नुपर्ने हुन्छ।’

    रातो किताबमा आएका योजनाहरू केदार कार्कीकै पालामा कटौती भएको आरोप लगाउँदै पाठकले अहिले उनले उठाएका मागहरू सबै सरकारी योजनामा समेटिएको दाबी गरे। ‘उहाँको अनशनले संसद्कोसमेत अपमान भएको छ,’ उनले भने ‘कि लास्ट बेञ्चरमा रहने सदस्यका रूपमा आफूलाई स्थापित गर्नुभएकाले उहाँको बुझ्ने क्षमता पनि हरायो कि ?’ उनीसँग छलफल गर्न कार्यदल बनाउन एमाले तयार रहेको बताउँदै उनले मुख्यमन्त्री कार्यालयमा आएर छलफल गर्न पनि सुझाव दिएका छन्।

    प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारको कार्यक्रम कटौती गरेको, शैलजा आचार्य हृदयरोग अस्पताललाई प्राथमिकता नदिएको लगायतका ९ बुँदे माग अघि सारेर कार्कीले मंगलबारदेखि अनशन थालेका हुन्।

    उनको अनशनस्थल नजिकै रहेको प्रदेशसभा बैठकमा बुधबार कांग्रेसकै सांसदहरूले पनि अनशनबारे केही बोलेनन्। एमालेले भने अनशनको विरोध गर्न विशेष समय नै लिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑