वीरगञ्ज । अब सेवा खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गरे उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (VAT) को दश प्रतिशत रकम फिर्ता पाउने भएका छन्। आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई यो निर्णय कार्यान्वयन गर्न जानकारी गराएको छ।
यो सुविधा विशेषगरी बार, रेस्टुरेन्ट, होटल, मोटल, लज, र गेस्टहाउस जस्ता सेवाहरूमा लागू हुनेछ। यस्ता सेवाहरू खरिद गर्दा उपभोक्ताले विद्युतीय भुक्तानी गरेमा उनीहरूको बैंक खातामा भुक्तानी गरिएको करको १०% रकम स्वतः फिर्ता हुनेछ।
सर्तहरू:
यो निर्णय आन्तरिक राजस्व विभागले भदौ २१ गते प्रकाशित सूचनामा गरेको हो, जसअनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्तालाई कर फिर्ता दिने कानुनी व्यवस्था गरिएको छ।
नयाँ प्रणालीले विद्युतीय भुक्तानीलाई प्रोत्साहन
यो निर्णयले देशभर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने र कारोबारलाई पारदर्शी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। विद्युतीय भुक्तानी गर्दा उपभोक्ताले प्रत्यक्ष नगद प्रोत्साहन पाउने हुँदा यो नयाँ योजना व्यवसायी र उपभोक्ताका लागि लाभदायक हुने अपेक्षा छ।