बारा । नेपाली काँग्रेसले संस्थापक नेता बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराका सभापति राजेश राय यादवको नेतृत्वमा कलैया उपमहानगरपालिका वडा नम्बर १७ मा कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मनोज भट्ट, क्षेत्र नम्बर ४ ‘ख’ का सभापति लोकेश सिंह, वडा नम्बर १७ का अध्यक्ष दीपेन्द्र कुशवाह र युवा नेता रवि शाह लगायत नेताहरूको उपस्थिति थियो।
वृक्षारोपण कार्यक्रममार्फत वातावरणीय संरक्षणको महत्त्वलाई जोड दिइयो भने बिपी कोइरालाको योगदानलाई स्मरण गरिएको थियो। सहभागीहरूले वृक्षारोपण गर्दै वातावरणीय सन्तुलन र हरियालीलाई जोगाउन सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
नेपाली काँग्रेसले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रमले बिपी कोइरालाको आदर्श र विचारलाई आत्मसात् गर्दै, समाजमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताइएको छ। नेपाली काँग्रेस बाराले हरेक वर्ष यस किसिमका वातावरणीय तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले पार्टीको सामुदायिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।
यस पटकको वृक्षारोपण कार्यक्रमलाई विशेष बनाउने उद्देश्यले, विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए, जसले भविष्यमा क्षेत्रको पर्यावरणीय सन्तुलनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।