वीरगन्ज। वीरगन्ज लेडिज सर्कल-३ ले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ। सर्कलका अध्यक्ष खुश्बु सिंघानियाको नेतृत्वमा अनामिका पुजारी, निधि जाटिया, नेहा अग्रवाल, स्वेता अग्रवाल, मौसम भंगर, र स्वाती धानितियाले ३ कार्टुन, २ ब्याग, र २ झोला कपडाहरु कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कपडा बैंकका उपाध्यक्ष मोनिका सिंह, युवा अभियन्ता नवराज भट्टराई, र कार्यालय सहयोगी शोभा देवीको पनि उपस्थिति थियो। अध्यक्ष सिंघानियाले बैंकले गरिब तथा असहायहरूलाई दिएको निस्वार्थ सेवाभाव प्रति खुशी व्यक्त गर्दै, सर्कलको तर्फबाट आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाइन्।
कपडा बैंकका उपाध्यक्ष मोनिका सिंहले “कोही नाङ्गो नरहोस्” भन्ने उद्देश्यले स्थापना भएको बैंकले विगत ६ वर्षदेखि पर्सा र बारा जिल्लामा सेवा प्रदान गर्दै आएको जानकारी दिइन्। कार्यक्रममा अध्यक्ष सिंहले वीरगन्ज लेडिज सर्कलले महिलाहरुको सशक्तीकरण र सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी चाडपर्व र जाडोका लागि कपडा सहयोग गर्न आग्रह गरे।