• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५० वर्ष नाघिसकेका सामान्य सेल्स-म्यान एकाएक कसरी बने अर्बपति? हेर्नुस् युट्युबमा

  • वीरगंज संजाल
  • २२ भाद्र २०८१, शनिबार १६:२६
  • ११२१

    जसरी सयौं फल दिने विशाल रूख एउटा सानो बिउबाट बनेको हुन्छ, त्यसरी नै ठूलो कामको सुरूआत पनि सानो कुराबाट हुन्छ। र, यो सानो कुरा सुरू गर्ने कुनै उमेरहद हुँदैन।

    अमेरिकी नागरिक रे क्रकको जीवनमा ठ्याक्कै यस्तै भयो।

    क्रक आफ्नो जीवनको पाँच दशक पार गरिसकेका व्यक्ति हुन्। यो अवधिमा उनले एम्बुलेन्स चालकको रूपमा काम गरे। एउटा ब्यान्डमा पियानो बजाए। सेल्सम्यानका रूपमा पेपर-कप बेचे। घरजग्गाको कारोबार पनि गरे।

    ५२ वर्षको उमेरमा पनि उनको जीवन र काम यस्तै छ। उनी मिल्कशेक बनाउने मेसिन बेच्छन्।

    मेसिन बेच्दाबेच्दै एक दिन उनी म्याकडोनाल्ड दाजुभाइ डिक र म्याकको रेस्टुरेन्ट ‘म्याकडोनाल्ड्स’ मा पुग्छन्। उनीहरूले ८ वटा मेसिन किनेको देखेर क्रकलाई अचम्म लाग्छ। उनले गएर ती दाजुभाइलाई भेट्छन् र डिनर खान जाने प्रस्ताव गर्छन्।

    डिनरमा ती दाजुभाइले क्रकलाई आफूहरूको रेस्टुरेन्टको सफलताको कथा सुनाउँछन्। व्यवसाय सफल बनाउन उनीहरूले के रणनीति अपनाए भन्ने बताउँछन्।

    उनीहरूको कुरा सुनेर क्रक एकदमै प्रभावित हुन्छन्। उनले आफूले लगानी गरेर म्याकडोनाल्ड्स फ्रेन्चाइज खोल्ने प्रस्ताव राख्छन्। सुरूमा डिक र म्याकले नमाने पनि क्रकले मनाएरै छाड्छन्। तर उनीहरूले एकदमै धेरै सर्तहरू राख्छन्।

     

    मिल्कशेक मेसिन बेच्ने क्रकसँग पनि लगानी गर्ने पैसा हुँदन। उनले श्रीमतीलाई थाहै नदिई आफ्नो घर धितो राखेर पैसा जुटाउँछन् र म्याकडोनाल्ड्सको पहिलो फ्रेन्चाइज खोल्छन्।

    तर उनको भोक मेटिँदैन। उनले स्थानीय धनी व्यक्तिहरूसँग सम्पर्क गर्छन् र लगानी गर्न मनाउँछन्। म्याकडोनाल्ड्सका शाखाहरू व्यापक फैलिन्छन्। यही क्रममा उनको भेट सम्भावित लगानीकर्तामध्ये एककी श्रीमती जोआनसँग हुन्छ। क्रक पहिलो भेटमै उनीप्रति आकर्षित हुन्छन्।

    धेरै फ्रेन्चाइज खोले पनि क्रकलाई आर्थिक रूपमा फाइदा भइरहेको हुँदैन। म्याकडोनाल्ड्सको प्रतिफलको धेरै हिस्सा म्याक र डिककै हुन्थ्यो। क्रक ऋणमा डुबिसकेका थिए।

    अनि क्रकले यस्तो कदम चाल्छन् जसले उनको जीवन फेरिन्छ। दाजुभाइ डिक र म्याकको विरासत फेरिन्छ। र, म्याकडोनाल्ड्सको भविष्य फेरिन्छ।

    आखिर क्रकले त्यस्तो के गरे?

    यसका लागि अमेरिकी सिनेमा ‘द फाउन्डर’ हेर्नुहोला।

    सन् २०१६ मा रिलिज भएको यो फिल्म म्याकडोनाल्ड्स फास्टफुड रेस्टुरेन्टका मालिक रे क्रकको वास्तविक कथामा आधारित छ।

    क्रकले म्याकडोनाल्ड्सबाट यसका संस्थापकलाई नै अलग्याएर कसरी त्यसलाई आफ्नो बनाए भन्ने कथा यो फिल्मले भन्छ। आधा जीवनसम्म संघर्ष नै गरेका र अर्काको घरको ढोका ढोकामा पुगेर मेसिन बेचिरहेका क्रक कसरी अर्बपति बने भन्ने पनि फिल्मले बताउँछ। अनि म्याकडोनाल्ड्स आज जे छ, त्यो कसरी सम्भव भयो भन्ने पनि देखाउँछ।

    हुटहुटी र रनाहा भयो भने जुनसुकै उमेरमा, जस्तोसुकै अवस्थामा गरेको काम पनि सफल हुन सक्छ भन्ने बलियो उदाहरण पनि हो क्रकको जीवन कथा। कतिपयले भने क्रकले आफ्नो सफलताका लागि अरूलाई धोका दिएको आरोप पनि लगाउँछन्। तर फिल्ममा क्रकले यस्तो भन्नेहरूलाई पनि आफ्नो जबाफ दिएका छन्।

    त्यस्तै म्याकडोनाल्ड्स आफ्नो भइसक्दा पनि उनले यसको नाम किन फेरेनन्?

    यसको पनि रोचक जबाफ क्रकले दिएका छन्।

    आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यो फिल्म सिफारिस गरेका छौं। हेर्नुहोस् सबटाइटलसहित युट्युबमाः

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑