आज:
  • होमपेज / Breaking News

    केन्याको एउटा विद्यालयमा आगलागी, कम्तीमा १७ विद्यार्थीको मृत्यु

  • वीरगंज संजाल
  • २२ भाद्र २०८१, शनिबार ११:४५
  • ११२९

    केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ।

    अतः मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

    केन्याका राष्ट्रपति विलिअम रुटोले “भयङ्कर” र “विनाशकारी” घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्।

    आगलागीको कारण स्पष्ट भइसकेको छैन। त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्।

    शवहरू चिन्नै नसकिने अवस्थामा

    “जो जिम्मेदार छन्, उनीहरूलाई जबाहदेही बनाइन्छ,” रुटोले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

    प्रहरीका अनुसार अनुसन्धान गर्न घटनास्थलमा एउटा टोली पुगिसकेको छ।

    “घटनास्थलमा फेला परेका शवहरू चिन्नै नसकिने गरी जलेका थिए,” ओन्याङ्गोले समाचारसंस्था एएफपीसँग भनिन्।

    “घटनास्थलमा पूरै खोजिसकेपछि अरू शवहरू पनि फेला पर्न सक्छन्,” उनले भनिन्।

    केन्या रेड क्रसले विद्यार्थी, शिक्षक र प्रभावित परिवारहरूलाई आफूले मनोसामाजिक सहयोग दिने जनाएको छ।

    सहयोग आवश्यक पर्ने व्यक्तिहरू पहिचान गर्न उक्त संस्थाले सो विद्यालयमा एउटा टोली खटाएको छ।

    पुराना घटना

    सन् २०१७ मा केन्याको राजधानी नाइरोबीमा छात्राहरू मात्र पढ्ने एउटा विद्यालयमा आगजनीको घटना हुँदा १० विद्यार्थीको जलेर मृत्यु भएको थियो।

    दुई दशकअघि नाइरोबीबाट दक्षिणपश्चिममा अवस्थित एउटा विद्यालयमा आक्रमणकारीहरूले आगो लगाइदिँदा कम्तीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो। उक्त घटना केन्याका विद्यालयमा भएका आगजनीमध्ये सर्वाधिक विनाशकारी थियो।

    सन् २०२२ मा पश्चिमी केन्यामा एउटा विद्यालयको छात्रावासमा आगो लगाएको आशङ्कामा केही विद्यार्थीहरू पक्राउ परेका थिए।

    विगत तीन दशकदेखि केन्याका विद्यालयहरूमा आगजनी गर्ने आपराधिक प्रवृत्ति देखिएको बताइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑