• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिलो त्रैमासिकबाटै प्रदेश सरकारको योजना कार्यान्वयन तयारी तीव्र

  • वीरगंज संजाल
  • २० भाद्र २०८१, बिहीबार १७:२९
  • ७१३

    वीरगंज । लोकनायक राजा सलहेशको लहानस्थित फुलबारी नजिक डा.बाबासाहेब अम्बेडकर पार्क निर्माण कार्य सुरु हुने भएको छ । पार्कका लागि स्व.देवधामी दनुवार, जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिँह, कमलदेव सिँह र उत्तिम सिँहले एक कट्ठा जग्गा दान दिएका छन् । मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको लागतमा बन्ने पार्कमा अन्य संरचनासँगै राजा सलहेश र डा.अम्बेडकरका प्रतिमा स्थापित गरिनेछ ।

    भारतका बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ एवम् समाजसुधारक डा.आम्बेडकरले दलितमाथि गरिने अन्यायविरुद्ध अभियान चलाएका थिए । डा.आम्बेडकरको विचारधाराबाट नेपालको दलित’’’ समुदायमा गहिरो प्रभाव छ । चालू आर्थिक वर्षको बजेटमा डा.आम्बेडकर पार्कका लागि एक करोड रुपैयाँ छुट्याइएको प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले बताए । उनले पार्क निर्माणमा राजनीतिक अस्थिरताले प्रभाव नपर्ने प्रस्ट्याए ।

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले सलहेश फुलबारी दर्शनका लागि भारत समेतबाट उल्लेख्य सँख्यामा पर्यटकको आवागमन हुने स्थल नजिक डा.आम्बेडकर पार्कको निर्माण भएपछि पर्यटकको सँख्यामा सयौँ गुना वृद्धि हुने र त्यसक्षेत्र तथा वरपरको आर्थिक गतिविधि तीव्र हुने बताए ।

    उनले सलहेश फुलबारीका धार्मिक तथा साँस्कृतिक विधिहरू विशेषतःः दनुवार र दुसाध समुदायसँग जोडिएको बताउँदै डा.अम्बेडकर पार्क अन्यका अतिरिक्त दलित समुदायका लागि महत्त्वपूर्ण र छुटाउन नहुने पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको उल्लेख गरे ।

    सात दशमलव छ हेक्टरमा फैलिएको सलहेश फुलबारीले त्यसक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । फुलबारीका कारण वरपर १४ गाउँमा पानीको उपलब्धता रहँदैआएको छ ।

    मधेश प्रदेश सरकारले अन्य योजनासँगै डा.आम्बेडकर पार्कका लागि आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै कार्य थालनी गरेको छ । प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार गठन भएपछि पहिलो त्रैमासिकबाटै योजना कार्यान्वयन हुन थालेको हो । यसअघि प्रदेश सरकार गठन भएयताका सात वर्षभन्दा बढी समयसम्म पहिलो र दोस्रो त्रैमासिकसम्म योजना कार्यान्वयनको पाटोमा काम भएका थिएनन् । आर्थिक वर्षको मध्यबाट प्रक्रिया थालिएर अन्त्यतिर काम हुँदा अधुरा र गुणस्तरहीन काम भएको गुनासो गरिँदै आएको थियो ।

    डा.सोहनले योजना कार्यान्वयनका लागि पहिलो त्रैमासिकबाटै सरकारको राजनीतिक नेतृत्व र कर्मचारीहरूले तीव्र गतिमा काम थालिसकेको बताए । ‘प्रदेशमा पहिलोपटक यस्तो भएको हो । यसले योजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने मान्यता व्यवहारमा परिणत हुँदैछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑