• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव बेचबिखनविरुद्ध वीरगञ्जमा सचेतनामूलक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २० भाद्र २०८१, बिहीबार ११:४१
  • ११०५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, मुर्ली चौकमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली, पर्साको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो।

    कार्यक्रममा पैदल यात्रु र साइकल चालकहरूलाई मानव बेचबिखनविरुद्धको जानकारी गराउन पर्चा तथा पम्पलेट वितरण गरिएको थियो। यस अवसरमा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानुले मानव बेचबिखनको जोखिम र रोकथामका उपायबारे जनतालाई सचेत गराइएको जानकारी दिए।

    कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका अध्यक्ष राम सर्राफ, सचिव कुल नारायण प्रधान (दिलिप), सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी सहायक हवल्दार लालु माया महतो र प्रहरी जवान राजु चौरसिया लगायतको उपस्थिति रहेको थियो।

    यस वर्षको राष्ट्रिय दिवसको नारा “तीनै तहका सरकारको प्रतिवद्धता: मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता” रहेको छ। सार्कको ११औं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते अनुमोदन गरिएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष मनाइन्छ।

    मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रमको उद्देश्य मानिसहरूलाई यस अपराधबारे जानकारी गराई सचेत बनाउने रहेको छ। कार्यक्रममार्फत समुदायमा रहेका व्यक्तिहरूलाई यस किसिमका गैरकानूनी गतिविधिहरूको पहिचान, रोकथाम, र कानुनी सहायताबारे जानकारी दिइयो।

    सचेतनामूलक अभियानहरू जस्तै पर्चा वितरण, जनचेतना कार्यक्रमहरू, र प्रत्यक्ष सहभागिताले समाजमा रहेका जोखिमपूर्ण समूहहरूलाई सुरक्षाको महत्त्व र मानव बेचबिखनको सम्भावित खतरा बारे बुझ्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

    कार्यक्रमले यस क्षेत्रका नागरिकलाई मानव बेचबिखन जस्तो जघन्य अपराधविरुद्ध जागरूक गराउँदै भविष्यमा यस्ता गतिविधिहरूको रोकथाममा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑